onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोलकतासँग पराजित हुँदा राजस्थान बाहिरियो

एजेन्सी । राजस्थान रोयल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा लिग चरणबाटै बाहिरिएको छ ।

आईतबार राति भएको खेलमा राजस्थान जित्नै पर्ने खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएसँगै राजस्थानको प्ले अफ खेल्ने सपना अधुरोनै हुन् पुग्यो । यता राजस्थानलाई पराजित गरेको कोलकताको सम्भावना बढेर गएको छ । लिग चरणमा सबै खेल खेलिसकेको कोलकताले १४ अंक जोड्दै अंकतालिकाको चौथों स्थानमा रहेको छ ।

खेलमा १ सय ९२ रनको विजयी लक्ष्यलाई पछ्याएको राजस्थान निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ३१ रनमा सिमित भएपछि खेल कोलकताले आफ्नो पक्षमा पार्न सफल भयो ।

विशाल योगफललाई पछ्याएको भएपनि उसका लागि जोस बटलरले बनाएको ३५ रननै ब्यक्तिगत ठूलो पारी हुन् पुग्यो ।२२ बलको सामना गरेका उनले ४ चौका र १ छ्क्कासमेत प्रहार गरे ।

यस्तै राहुल तेवाटियाले ३१ तथा श्रेयस गोपालले अविजित २३ रनको योगदान गर्दा बेम स्टोक्सले १८ रन बनाएका थिए ।

बलिङतर्फ कोलकताका प्याट कमिंन्सले सर्वाधिक ४ विकेट हात पारे । राम्रो बलिङ प्रस्तुत गरेका उनले आफ्नो ४ ओभरमा ३४ रन खर्चिएर उक्त विकेट हात पारेका थिए । यस्तै शिभम माबी र बरुण चक्रवतीले समान २/२ विकेट लिदा कमलेश नगरकोटीले १ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान इयोन मोर्गनले कप्तानी पारी खेले । अविजित रहेका उनले ३५ बलको सामना गर्दै ५ चौका र ६ छ्क्कासहित ६८ रन बनाए ।

मोर्गन बाहेक ओपनर ब्याट्सम्यान शिभमन गिलले ३६ तथा राहुल त्रिपाठीले ३९ रन र आन्द्रे रसेलले २५ रन बनाएका थिए ।

बलिङतर्फ राजस्थानका राहुल तवाटियाले ३ तथा कार्तिक त्यागीले २ र जोफ्रा आर्चरले १ विकेट लिएका थिए ।

यो सँगै प्रतियोगितामा बाहिरिने राजस्थान तेस्रो टिम बनेको छ । यसअघि चेन्नई सुपर लिंग्स र किंग्स इलाभेन पन्जाव बाहिरिएका थिए ।

यता प्रतियोगितामा सोमबार दिल्ली र बेंगलोरबीच प्रतिस्पर्दा हुनेछ । आबुधाबीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्