onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पन्जाव लिग चरणबाटै बाहिरियो

एजेन्सी । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै किंग्स इलाभेन पन्जाव युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को प्ले अफ पुग्न असफल भएको छ ।

आईतबार दिनको पहिलो खेलमा पन्जाव चेन्नईसँग ९ विकेटले पराजित हुन् पुगेपछि पन्जाव लिग चरणबाटै बाहिरिएको हो ।पन्जावलाई प्ले अफ पुग्न कम्तिमा आफ्नो अन्तिम खेलमा जित निकाल्दै अन्य खेलको नतिजामा भर पर्नु थियो । तर यसो हुन् सकेन स्वयम पन्जाव प्रतियोगिताबाटै बाहिरियो चेन्नईसँग स्तब्ध हुँदा प्ले अफ खेल्ने सपना अधुरोनै हुन् पुग्यो ।

खेलमा पन्जावले दिएको १ सय ५४ रनको विजयी चुनौतीलाई चेन्नईले १८.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

मध्यम विजयी लक्ष्यलाई पछ्याएको चेन्नईले सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो । उसका लागि ओपनरद्वय रुतराज गायकवाड र
फाफ डु प्लेसिसले ८२ रनको ओपनिङ साझेदारी गरेका थिए ।

९.५ ओभरमा पहिलो विकेटका रुपमा आउट भएका फाफ डु प्लेसिस ४८ रनको योगदान गरे । क्रिस जोर्डनको बलमा आउट हुनुअधि उनले ३४ बलको सामना गर्दै ४ चौका र २ छ्क्कासहित उक्त रन बनाए ।

यस्तै अर्का ओपनर रुतराज गायकवाडले अविजित रह्दै ६२ रन बनाउँदा उनलाई साथ दिएका अंबाती रायुडुले पनि अविजित रहदै ३० रन बनाएपछि टिमले सहज जित निकाल्यो ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

टिमले मध्यम योगफल बनाउने क्रममा उसका लागि दिपक हुडाले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ३० बलको सामना गर्दै ३ चौका र ४ छ्क्कासहित ६२ रन बनाए ।

यस्तै पन्जावका लागि कप्तान लोकेश राहुलले २९ तथा मंयाक अग्रवालले २६ रन बनाएका थिए । भने क्रिस गेलले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ चेन्नईका लुंगी एनगिडीले सर्वाधिक ३ तथा रविन्द्र जडेजा , शार्दुल ठाकुर र इमरान ताहिरले समान १/१ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्