बेंगलोरमाथि हैदराबादको सानदार जित
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा सनराइजर्स हैदरबादले रोयल च्यालेन्जर्स बेंगलोरमाथि सानदार जित हासिल गरेको छ ।
शनिबार दिनको दोस्रो खेलमा हैदराबादले बेंगलोरलाई ५विकेटले पराजित गरेको छ ।
खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।
हैदराबादको जितमा रिद्धिमान शाहले सर्वाधिक ३९ रनको योगदान गरे । भने मनिष पाण्डेले २६ रन र जोसन होल्डरले अविजित रहदै २६ रन बनाए।
बलिङतर्फ बेंगलोरका युजभेन्द्र चाहलले २ लिँदा वासिंगटन सुन्दर र नभदिप शैनीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।
बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे । यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाएका थिए ।
भने गुर्किरात सिंहले अविजित रहदै १६ रन बनाउँदा कप्तान विराट कोहली ७ रनमा आउट हुन् पुगेका थिए ।
बेंगलोरको ब्याटिङ धस्त पार्ने क्रममा हैदराबादका सन्दीप शर्मा र जोसन होल्डरले समान २/२ विकेट लिएका थिए । यस्तै राशिद खान,शबाज नदीम र टि नटराजनले पनि १/१ विकेट लिए ।
जितसँगै हैदराबाद अहिले १३ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको चौथों स्थानमा उक्लिएको छ । जसले गर्दा प्ले अफ सम्भावना यथावत राखेको छ । अब हैदराबादले नोभेम्बर ३ तारिखमा क्वालिफायर पक्का गरिसकेको मुम्बई इन्डियन्ससँग खेल्ने छ ।
यो हारसँगै बेंगलोरलाई प्ले अफ पुग्न अन्तिम खेलनै कुर्नु पर्ने भएको छ। अब लिगमा एक खेल मात्र खेल्न बाँकी बेंगलोरको अंकतालिकामा १४ अंक रहेको छ र तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अब बेंगलोरले दिल्लीसँग सोमबार प्रतिस्पर्दा गर्नेछ । जुन खेल दुबैका लागि उत्तिकै महत्वपूर्ण रहेको छ ।