onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेन स्टोक्स लयमा : लगातार दोस्रो पटक उत्कृष्ट घोषित

एजेन्सी । राजस्थान रोयल्सका भरपर्दा अलराउन्डर बेन स्टोक्स लयमा देखिएका छन् । टिम सन्तुलन राम्रो हुँदा हुँदै पनि राजस्थानले सोचे अनुरुप प्रदर्शन गर्न नसकिरहेको अवस्थामा राजस्थानको पछिल्लो दुई खेलले आशा उजागर गरेको छ ।

पारिवारिक कारण आईपीएलको बीचमा बाट टिममा समाबेश भएका बेन स्टोक्सको आगमन सँगै टिमलाई थप उर्जा मिलेको छ । सुरुवाती खेलमा स्टोक्सबाट त्यति सन्तोषजनक प्रदर्शन नभएको भएपनि राजस्थानले पछिल्लो दुई खेलमा जित हासिल गर्दा स्टोक्सनै प्लेयर अफ द म्याच घोषित हुन् पुगेका छन् ।

बेन स्टोक्स लयमा फर्किनु राजस्थानका लागि अर्को शुखद पक्ष हो । उनिबाट टिमले पनि ठूलो आशा राखेको छ । जसमा बेन स्टोक्सले न्याय गर्न प्रयासरत देखिएका छन् ।

टिमको १२ खेलमा साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्सलाई राजस्थानले ८ विकेटले पराजित गर्दा उनले शतकीय पारी खेलेका थिए ।१ सय ९६ रनको विजयी लक्ष्यलाई पूरा गर्ने क्रममा स्टोक्स एक्लैले १ सय ७ रनको योगदान गरेका थिए ।

त्यसपछि शुक्रबार राति किंग्स इलाभेन पन्जावमाथि राजस्थानले ७ विकेटले जित आत्मसाथ गर्दा स्टोक्सले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जस अन्तर्गत उनले अर्धशतकीय पारी खेल्ने क्रममा ५० रन र महत्वपूर्ण दुई विकेट हात पारेका थिए ।

प्रतियोगितामा हालसम्म ७ खेल खेलेका बेन स्टोक्सले २ सय ६७ रन र २ विकेट लिईसकेका छन् ।

यता उनको टिम राजस्थान अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । लिग चरणमा १३ खेल खेलेको राजस्थानले अंकतालिकामा १२ अंक जोडेको छ र प्ले अफ समीकरणलाई कायमै राखेको छ । अब राजस्थानले लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकतालाई हराउँदै समीकरणमा राजस्थानलाई साथ दिने नतिजा आएमा राजस्थानले प्ले अफ पक्का गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्