पन्जावमाथि राजस्थानको सानदार जित : राजस्थानको प्ले अफ सम्भावना पनि जिवितै
एजेन्सी । युएईमा जारी १३ औं संस्करणमा राजस्थान रोयल्सले छ्ठौं जित हासिल गरेको छ ।
प्रतियोगितामा छ्ठौं जित हासिल गर्ने क्रममा राजस्थानले शुक्रबार राति पछिल्लो पाँच खेलमा लगातार जित हासिल गरेको किंग्स इलाभेन पन्जावमाथि ७ विकेटले जित आत्मसाथ गर्यो ।
यो जितसँगै लिग चरणमा १३ खेल खेलेको राजस्थानले अंकतालिकामा १२ अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । र प्ले अफ समीकरणलाई जिवितै राखेको थियो ।
यदी यो खेल राजस्थानले गुमाएको भए राजस्थान प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बन्ने थियो । यता राजस्थानसँग पराजित पन्जावको पनि सम्भावना उत्तिकै रहेको छ । हालसम्म १३ खेल खेलेको पज्जाव १२ अंकसहित चौथों स्थानमा रहेको छ ।
यता खेलमा पन्जावले प्रस्तुत गरेको १ सय ८६ रनको विजयी लक्ष्यलाई राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।
टिमलाई महत्त्वपूर्ण खेलमा सानदार जित दिलाउने क्रममा उसका लागि ओपनर अलराउन्डर बेन स्टोक्सले अर्धशतकीय पारी खेलेका थिए । मात्र २६ बलको सामना गरेका उनले ६ चौका र ३ छ्क्कासहित ५० रन बनाएका थिए ।
ठूलो लक्ष्यलाई पछ्याएको खेलमा रोबिन उथ्पपा र बेन स्टोक्सबीच ६० रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । त्यस क्रममा ५.३ ओभरमा स्टोक्स पहिलो विकेटका रुपमा आउट हुन् पुगेका थिए । उनलाई क्रिस जोर्डनले पभेलियनको बाटो देखाईदिएका थिए ।
त्यसपछि उथप्पालाई साथ दिन सन्जु सामसन मैदानमा आए । यी दुईबीच पनि राम्रो साझेदारी हुन् क्रममा ५१ रनको साझेदारी हुन् पुग्यो ।
१०.५ ओभरमा टिमको स्कोर १ सय ११ रन हुँदा उथप्पा दोस्रो विकेटका रुपमा पभेलियन फर्किए । मुरुगन आश्विनको बलमा क्याच आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छ्क्कासहित ३० रन बनाए ।
त्यसपछि सन्जुलाई कप्तान स्टीभन स्मिथले साथ दिए । त्यस क्रममा १४.२ ओभरमा टिमको स्कोर १ सय ४५ रन हुँदा सन्जु ब्यक्तिगत ४८ रनमा आउट हुन् पुगे । रन आउट भएका उनले २५ बलको सामना गर्दै ४ चौका र ३ छ्क्का प्रहार गरेका थिए ।
त्यसपछि कप्तान स्टीभन स्मिथ र जोस बटलरले टिमलाई जिततर्फ पुर्याए । अविजित रहेका स्मिथ र बटलरले क्रमशः ३१ र २२ रन बनाए ।
त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारण २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।
उसका लागि क्रिस गेलले सर्वाधिक ठूलो पारी खेलेका थिए । शतक बनाउन मात्र १ रनले चुकेका उनले ६३ बलको सामना गर्दै ६ चौका र ८ छ्क्कासहित ९९ रन बनाएका थिए ।
१९.४ ओभरमा टिमको स्कोर १ सय ८४ रन हुँदा चौथों विकेटका रुपमा आउट हुन् पुगेका उनलाई जोफ्रा आर्चरले पभेलियनको बाटो देखाईदिएका थिए ।
यस्तै टिमका लागि कप्तान लोकेश राहुलले ४६ रन तथा निकोलोस पुरानले २२ रनको योगदान गरेका थिए ।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले समान २/२ विकेट लिएका थिए ।
अब प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछन् । जसअन्तर्गत पहिलो खेलमा दिल्ली र मुम्बई आमने सामने हुनेछन् भने दोस्रो खेलमा बेंगलोरले हैदराबादको सामना गर्नेछ ।