कोलकतामाथि चेन्नईको रोमान्चक जित

कोलकतामाथि चेन्नईको रोमान्चक जित

एजेन्सी । चेन्नई सुपर किंग्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि रोमान्चक जित हासिल गरेको छ ।

बिहिबार राति भएको खेलमा चेन्नईले रोमान्चक जित हासिल गर्ने क्रममा कोलकतालाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा कोलकाताले दिएको १ सय ७३ रनको विजयी लक्ष्यलाई चेन्नईले अन्तिम बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ठूलो पारी खेले । ५३ बलको सामना गरेका उनले ६ चौका र २ छ्क्कासहित ७२ रन बनाएका थिए ।

यस्तै अम्बाती रायडुले ३८ रन जोड्दा सेन वाट्सनले १४ रन बनाए भने रविन्द्र जडेजा ३१ रनमा अविजित रहँदा साम कुरान पनि १३ रनमा अविजित रहे ।

रोमान्चक बनेको खेलमा चेन्नईलाई अन्तिम ओभरमा जितका लागि १० रनको आवस्यकता रहेको थियो । यस्तोमा जडेजाले अन्तिम ओभरको पाँचौ र छ्ठौं बलमा छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाएका थिए ।

यस्तै अम्बाती रायडुले ३८ रन जोड्दा सेन वाट्सनले १४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ८७ रन बनाए । उनले उक्त रन बनाउने क्रममा ६१ बलको सामना गर्दै १० चौका र ४ छक्का प्रहार गरे ।

यस्तै टिममा लागि शुबमन गिलले २६ रन बनाउँदा कप्तान इयान मोर्गनले १५ रन , रिन्कु सिंहले ११ र सुनिल नारायणले ७ रन जोडे । भने दिनेश कार्तिक २१ रनमा अविजित रहे ।

बलिङतर्फ चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट हात पारे । भने विकेट मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाले पनि १/१ विकेट लिएका थिए ।

यो जितसँगै आईपीएलको प्ले अफ समीकरण थप रोचक बनेको छ । प्रतियोगिताबाटै बाहिरिसकेको चेन्नईले १३ खेलबाट १० अंक जोडेको छ । भने पराजित भएको कोलकता १३ खेलबाट १२ अंक जोडेको छ ।