onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारतविरुद्धको सिरिजका लागि अष्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – आगामी नोभेम्बरको अन्तिम साता देखि सुरु हुन् गईरहेको तीन खेलको एकदिवसीय र तीन खेलको टि- ट्वान्टी खेलका लागि घरेलु टोली अष्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ ।

क्रिकेट अष्ट्रेलियाले बिहिबार गरेको टिम घोषणा अनुरुप टिमको कप्तानी आरोन फिन्चले गर्नेछन् । जसम पुरानै अनुहारको वर्चस्व रहेको टोलीमा युवा अलराउन्डर क्यामरन ग्रिनले पहिलो पटक स्थान पक्का गरेका छन् ।

उनले अष्ट्रेलियाको घरेलु प्रतियोगिता शेफिल्ड शील्डमा राम्रो प्रदर्शन गरेका थिए । २१ वर्षीय उनले घरेलु प्रतियोगिताहरुमा उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै आएका छन् ।

त्यहीँ प्रदर्शनका आधारमा उनलाई टिममा पहिलो पटक समाबेश गरिएको छ । यता एकदिवसीय र टि- ट्वान्टी पछि हुने ४ खेलको टेस्ट सिरिजका लागि भने अष्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको भने छैन ।

अष्ट्रेलियाले आफ्नो टोली घोषणा गर्नुअघि सोमबारनै पाहुना टोली भारतले आफ्नो टोलीको घोषणा गरिसकेको थियो । जस अन्तर्गत तीन वटै ढाँचाको क्रिकेटमा कप्तानी विराट कोहलीले गर्नेछन् ।

अष्ट्रेलियन एकदिवसीय र टि- ट्वान्टी टोली
आरोन फिन्च (कप्तान), सेन एर्वोट, एस्टन अगर, एलेक्स केरी, प्याट कमिन्स, क्यामरन ग्रिन, जोश हेजलवुड, मोईसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, ड्यानिल साम्स, केन रिचडर््सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथु वेड, डेभिड वार्नर र एडम जाम्पा ।

भारतीय एकदिवसीय टोली : विराट कोहली (कप्तान), लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान),शिखर धवन, सुभमन गिल,श्रेयस अय्यर , मनिष पान्डे, हार्दिक पान्ड्या, मयंक अग्रवाल, रविन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर

टि- ट्वान्टी टोली :

विराट कोहली (कप्तान),लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), शिखर धवन, मयंक अग्रवाल,श्रेयस अय्यर , मनिष पान्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन, रविन्द्र जडेजा, वासिन्टन सुन्दर, युजभेन्द्र चहल, जसप्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र वरुण चक्रबर्ती

टेष्ट टोली : विराट कोहली (कप्तान), अजिंक्या रहाणे (उप कप्तान),मयंक अग्रवाल, पृथ्वी शा, लोकेश राहुल, चेतेश्वर पुजरा, हनुमा विहारी, सुभमन गिल, ऋद्धिमान शाह (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), जस्प्रित बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र मोहम्मद शिराज

खेल तालिका

तीन खेलको एकदिवसीय सिरिज
पहिलो – नोभेम्बर २७, सिड्नी क्रिकेट ग्राउन्ड
दोस्रो – नोभेम्बर २९, सिड्नी क्रिकेट ग्राउन्ड
तेस्रो – डिसेम्बर २, मानुका ओभल

तीन खेलको टि- ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज

पहिलो – ४ डिसेम्बर, मानुका ओभल
दोस्रो – ६ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड
तेस्रो – ८ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड

चार खेलको टेष्ट सिरिज
पहिलो – १७–२१ डिसेम्बर, एडिलेड ओभल(दिन/रात)
दोस्रो – २६–३० डिसेम्बर, मेलबर्न क्रिकेट स्टेडियम
तेस्रो – ७–११ जनवरी, सिड्नी क्रिकेट ग्राउन्ड
चौथो तथा अन्तिम – १५–१९ जनवरी, द गाब्बा