onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हैदराबादसँग दिल्लीको लज्जास्पद हार

एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो १२ औं खेलमा फराकिलो अन्तरले पराजित हुन् पुगेको छ ।

मंगलबार राति भएको खेलमा दिल्लीले फराकिलो हार ब्यहोर्ने क्रममा सनराइजर्स हैदराबादसँग ८८ रनले पराजित हुन् पुगेको छ ।

खेलमा हैदराबादले प्रस्तुत गरेको २ सय २० रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दिल्ली १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रनमा सिमित हुन् पुगेपछि सानदार तरिकाले खेल हैदराबादले आफ्नो पक्षमा पार्न सफल भयो ।

विशाल योगफललाई पछ्याएको भएपनि दिल्लीका विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले बनाएको ३६ रननै सर्वाधिक ठूलो पारी हुन् पुग्यो । ३५ बलको सामना गरेका उनले ३ चौका र १ छ्क्का समेत त्यस क्रममा प्रहार गरेका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान अजिक्या रहाणेले २६ तथा तुषार देशपांडेले अविजित रहदै २० रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।

दिल्लीको ब्याटिङ ध्वस्त पार्न क्रममा हैदराबादका स्टार स्पिनर राशिद खानले उत्कृष्ट बलिङ गरे । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले मात्र ७ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

यस्तै नटराजन र सन्दीप शर्माले पनि २/२ विकेट लिदाँ शाबाज नदिम , जोसन होल्डर र विजय संङखरले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै मात्र २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान रिद्धिमान साहले सर्वाधिक ठूलो पारी खेलेका थिए ।

आनिच नोर्त्जेको बलमा कप्तान श्रेयस अय्यरको हातबाट दोस्रो विकेटका रुपमा क्याच आउट हुनुअघि उनले ४५ बलको सामना गर्दै १२ चौका र २ छ्क्कासहित ८७ रन बनाएका थिए ।

त्यसअघि कप्तान डेविट वार्नर र साहबीच १ सय ७ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । त्यसबीचमा ९.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेका वार्नरले पनि ६६ रनको योगदान गरे । उनि रविचन्दन आश्विनको बलमा अक्षर पटेलको हातबाट क्याच आउट हुन् पुगेका थिए ।

यी दुईले सानदार सुरुवात दिलाएको खेलमा मनिश पाण्डे र केन विलियमसनले पनि अविजित रहदै क्रमशः ४४ र ११ रन थपेका थिए ।

यो जितसँगै १२ खेल खेलेको हैदराबादले अंकतालिकामा १० अंक जोड्दै छ्ठौं स्थानमा रहेको छ । भने दिल्ली तेस्रो स्थानमा झरेको छ । १२ खेल खेलिसकेको दिल्लीले अंकतालिकामा १२ अंकनै जोडेको छ ।

यता प्रतियोगितामा बुधबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुने खेल आबुधाबीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्