onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पन्जावको अर्को सानदार जित : पन्जावसँग कोलकता स्तब्ध

एजेन्सी – युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत ४६ औं खेलमा किंग्स इलाभेन पन्जावले कोलकता नाइट राईडर्सलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा पन्जावले कोलकतामाथि सानदार जित निकाल्ने क्रममा ८ विकेटले पराजित गरेको छ । पछिल्लो समय लयमा देखिएको पन्जावको यो लगातार पाँचौ जित समेत हो ।

र यो जितसँगै पन्जावले प्ले अफ समीकरणलाई जिवितै राखेको छ । लिग चरणमा अब २ खेल बाँकी रहदा पन्जाव १२ अंकसहित चौथों स्थानमा रहेको छ । भने पराजित हुन् पुगेको कोलकता पनि १२ खेलबाट १२ अंक जोड्दै पन्जावलाई पछ्याईरहेको छ ।

यता खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ५० रनको मध्यम विजयी चुनौतीलाई पन्जावले ७ बल बाँकी रहदै मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई अर्को सानदार जित दिलाउने क्रममा उसका लागि मन्दीप सिंहले सर्वाधिक ठूलो पारी खेले ।ओपनर ब्याट्सम्यान समेत रहेका उनले अविजित रहदै ५६ बलमा ८ चौका र २ छ्क्कासहित ६६ रन बनाए ।

यस्तै क्रिस गेलले पनि २९ बलको सामना गर्दै २ चौका र ५ छ्क्कासहित ५१ रन बनाए । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनी १८.१ ओभरमा टिमको स्कोर १ सय ४७ रन हुँदा लकी फर्ग्युसनको बलमा आउट हुन् पुगेका थिए ।

गेल आउट हुनुअघि टिमका कप्तान लोकेश राहुल वरुण चक्रवर्तीको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका थिए । आठौं ओभरको अन्तिम बलमा टिमको स्कोर ४७ रन हुँदा आउट हुन् पुगेका उनले २५ बलको सामना गर्दै ४ चौकासहित २८ रन जोडेका थिए । यस्तै अत्यमा निकोलोस पुरान पनि २ रनमा अविजित रहेका थिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान शुभमन गिलले सर्वाधिक ठूलो पारी खेले । ४५ बलको सामना गरेका उनले ३ चौका र ४ छ्क्कासहित ५७ रन बनाए ।

यस्तै कप्तान इयोन मोर्गनले ४० रन बनाउदा लकी फर्ग्युसनले पनि २४ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ पन्जावका मोहम्मद शामीले ३ तथा क्रिस जोर्डन र रवि विश्नोईले समान २/२ विकेट लिएका थिए । भने ग्लेन म्याक्सवेल र मुरुगन आश्विनले पनि १/१ विकेट लिएका थिए ।

अब प्रतियोगितामा मंगलबार सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।