onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलको फाइनल नोभेम्बर १० मा हुने

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को फाइनल खेल नोभेम्बर १० तारिखमा हुने भएको छ ।

फाइल फोटो

आईपीएलले आईतबार जारी गरेको बाँकी खेलको तालिका अनुसार फाइनल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । यसअघि आयोजकले लिग चरणको मात्र खेल तालिका सार्वजनिक गरेको थियो ।

अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर नोभेम्बर ५ तारिखमा दुबईमा हुनेछ । जसमा लिग चरणबाट अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस खेलको विजेताले सिधै फाइनल टिकट पक्का गर्नेछ । भने पराजित हुने टिमलाई फाइनल पुग्न अर्को मौका रहने छ ।

नोभेम्बर ६ तारिखमा आबुधाबीमा हुने एलिमिनेटर खेल जहाँ अंकतालिका का तेस्रो र चौथों टिम भिड्ने छन् ।

त्यसपछि यस खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग नोभेम्बर ८ तारिखमा दोस्रो क्वालिफायर खेल्ने छ । र विजेता टोलीले फाइनल पक्का गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्