onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हैदराबादमाथि पन्जावको नाटकीय जित

एजेन्सी – युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत ४३ औं खेलमा किंग्स इलाभेन पन्जावले सनराइजर्स हैदराबादमाथि नाटकीय जित हासिल गरेको छ ।

गएराति भएको खेलमा पन्जावले नाटकीय जित हासिल गर्ने क्रममा हैदराबादलाई १२ रनले पराजित गरेको हो ।

खेलमा मात्र १ सय २७ रनको विजयी चुनौतीलाई पछ्याएको हैदराबाद १९.५ ओभरमा अलआउट हुँदै १ सय १४ रनमा सिमीत हुन् पुगेपछि पन्जावलाई जारी प्रतियोगितामा लगातार चौथों जित हासिल गर्न प्रयाप्त बन्यो ।

खेल एक समय हैदराबादकै पक्षमा भएको भएपनि अन्तिममा हैदराबादको विकेट पतन नाटकीय शैलीमा भएपछि खेल अन्ततः गुमाउनु परेको थियो ।

१७.५ ओभरमा टिमको स्कोर १ सय १० रन हुँदा पाँचौ विकेटका रुपमा विजय संङ्खरलाई ब्यक्तिगत २६ रनमा गुमाएको हैदराबादले थप ४ रन जोड्दा बाँकी सबै विकेट गुमाएको थियो । जसमा पन्जावका क्रिस जोर्डन र अर्शदीप सिंहले उत्कृष्ट बलिङ गरेका थिए ।

त्यसअघि हैदराबादका लागि कप्तान डेविट वार्नरले ३५ तथा जोनि बेयरस्टोले १९ र मनिष पाण्डेले १५ रन बनाएका थिए ।

बलिङतर्फ पन्जावका अर्शदीप सिंह र क्रिस जोर्डनले समान ३/३ विकेट हात पारेका थिए । भने रवि बिश्नोई , मुरुगन आश्विन र मोहम्मद शामीले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

पन्जावका लागि निकोलस पूरानले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३२ रनको योगदान गरेका थिए । यस्तै क्रिस गेलले २० तथा मन्दीप सिंहले १७ र कप्तान लोकेश राहुलले २७ बनाएका थिए ।

बलिङतर्फ हैदराबादका सन्दीप शर्मा , जोसन होल्डर र राशिद खानले समान २/२ विकेट लिएका थिए ।

यो जितसँगै पन्जावले प्ले अफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ । हालसम्म ११ खेल खेलिसकेको पन्जाव १० अंकसहित अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । यता पन्जावसँग पराजित हुन् पुगेको हैदराबाद ११ खेलबाट ८ अंकसहित छ्ठौं स्थानमा रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत आईतबार पनि दुई खेल हुँदैछ । जस अन्तर्गत पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सको सामना गर्नेछ । भने दिनको दोस्रो खेल राजस्थान रोयल्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्