चेन्नईलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो
एजेन्सी – साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पुन : शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको प्रतियोगिताको ४१ औं खेलमा चेन्नई सुपर किंग्समाथि सानदार १० विकेटले पराजित गरेसँगै १० खेल खेलेको मुम्बई १४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
जसलाई दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरले क्रमशः पछ्याईरहेका छन् । यी दुबैको पनि १४ अंकनै रहेको छ । मुम्बईसँग लज्जास्पद हार ब्यहोरेको चेन्नई ११ खेलबाट ६ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ । यो सँगै गत संस्करणमा फाइनल सम्म पुगेको चेन्नई यस संस्करणमा भने लिग चरणबाटै बाहिरिने सक्ने आधार बनेर गएको छ ।
यता खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय १५ रनको विजयी चुनौतीलाई मुम्बईले १२.२ ओभरका विना विकेट गुमाएर पूरा गरेको थियो ।
टिमलाई सानदार जित दिलाउने क्रममा ईशान किशनले ६८ रन बनाए । ३७ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ६ चौका र ५ छ्क्का समेत प्रहार गरे ।
यस्तै अर्का ओपनर तथा विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कोकले ४६ रन बनाएका थिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
निकै खराब ब्याटिङ गरेको चेन्नईका लागि साम कुरानले अर्धशतकीय पारी खेले । ४७ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित ५२ रन बनाए ।
भने महेन्द्र सिंह धोनीले १६ तथा इमरान ताहिरले १३ रन बनाएका थिए ।
चेन्नईको ब्याटिङ ध्वस्त पार्ने क्रममा मुम्बईका ट्रेन्ड बोल्टले सर्वाधिक ४ विकेट हात पारे ।भने बुमराह र राहुल चाहरले समान २/२ विकेट लिए भने नाथन कल्टरले १ विकेट लिएका थिए ।