onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानमाथि हैदराबादको सानदार जित

एजेन्सी – युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा सनराइजर्स हैदराबादले चौथों जित हासिल गरेको छ ।
प्रतियोगितामा चौथों जित हासिल गर्ने क्रममा हैदराबादले बिहिबार राति राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको हैदराबादले उक्त चुनौतीलाई १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

हैदराबादको सानदार जितमा मनिष पाण्डेले सर्वाधिक ठूलो पारी खेले अविजित रहेका उनले ४७ बलको सामना गर्दै ४ चौका र ८ छक्कासहित ८३ रन बनाएका थिए ।

यस्तै टिमका लागि विजय सङ्खरले पनि अविजित रहदै ५२ रन बनाउँदा जोनी बेयरस्टोले १० र कप्तान डेविट वार्नरके ४ रन बनाएका थिए ।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सैमसनले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ३६ रनको योगदान गरे यी बाहेक बेन स्टोक्सले ३० रन, रियान परागले २० रन , रोबिन उथप्पाले १९ रन र कप्तान स्मिथले पनि १९ बनाएका थिए ।

बलिङतर्फ हैदराबादका जोसन होल्डरले ३ तथा विजय सङ्खर र राशिद खानले समान १/१ विकेट लिएका थिए ।

यो जितसँगै हैदराबाद १० खेलबाट ८ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा रहेको छ भने राजस्थान ११ खेलबाट ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

यता प्रतियोगितामा आज शुक्रबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्