onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ब्रावोको ठाँउमा रोमारियोलाई मौका

एजेन्सी । वेस्ट इन्डिजका अनुभवी खेलाडी ड्वेन ब्रावोले न्युजिल्यान्डसँगको सिरिज गुमाउने भएका छन् ।

हाल युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा चेन्नई सुपर किंग्ससँग आबद्ध रहेका उनि केही दिनअघि दिल्ली क्यापिटल्लसँगको खेलका दौरान चोटिल हुन् पुगेका थिए ।

सोही कारण उनले नोभेम्बर अत्यतिर हुन् गईरहेको सिरिज गुमाउने भएका हुन् । अब उनको स्थानमा टिमले बलर रोमारियो शेफर्डलाई मौका दिएको छ ।

सन् २०१९ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका उनले यसबीचमा ५ एकदिवसीय र २ टि- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

यता न्युजिल्यान्ड भ्रमणका लागि वेस्ट इन्डिजले आफ्नो टोलीको समेत घोषणा गरिसकेको छ । वेस्ट इन्डिज र न्युजिल्यान्डबीच तीन टि- ट्वान्टी र दुई टेस्ट खेल खेल्ने तय भएको छ ।

वेस्ट इन्डिज टि – ट्वान्टी टोली : किरोन पोलार्ड (कप्तान), फ्याबियन एलेन, रोमारियो शेफर्ड, शेल्डन कोट्रेल, आन्द्रे फ्लेचर, शिमरोन हेटमाइयर, ब्रान्डन किंग्स , काइल मेयर्स, रोभम्यान पावेल, केमो पॉल, निकोलस पूरान, ओशने थॉमस, हेडेन वाल्श जूनियर र केरिक विलियम्स

प्रतिक्रिया दिनुहोस्