onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बीबीएलमा राशिद एडिलेट स्ट्राइकर्सबाटै खेल्ने पक्का

एजेन्सी -विश्व चर्चित अफगानिस्तानका लेग स्पिनर राशिद खानले अष्ट्रेलियाको उच्च लिग बिग बास लिग (बीबीएल ) मा एडिलेट स्ट्राइकर्सबाटै खेल्ने पक्का गरेका छन् ।

सन् २०१७-१८ को सिजनबाट राशिद स्ट्राइकर्समा आबद्ध भएका थिए । त्यसपछि उनी लगातार यहीँ टोलीबाट खेल्दै आएका छन् । र यसबीचमा उनले बिहिबार नयाँ सिजनमा पनि स्ट्राइकर्सबाटै खेल्ने पक्का गरेका छन् ।

हाल इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा सनराइजर्स हैदराबादबाट खेल्दै आएका राशिदको बीबीएल राम्रो हुँदै आएको छ ।

उनि आफ्नो टिमबाट धेरै विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा पर्ने गर्छन् । हालसम्म एडिलेट स्ट्राइकर्सबाट ४० खेल खेल्दै ५६ विकेट लिईसकेका छन् । जसमा इकोनोमि रेट ६.३७ रहेको छ ।