onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बेंगलोरसँग कोलकताको लज्जास्पद हार

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो दशौं खेलमा कोलकता नाइट राईडर्सले लज्जास्पद हार ब्यहोरेको छ ।

बुधबार राति भएको खेलमा कोलकता रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित हुन् पुगेको छ ।

खेलमा कोलकताले प्रस्तुत गरेको ८५ रनको विजयी चुनौतीलाई बेंगलोरले १३.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमका लागि ओपनरद्वय ब्याट्सम्यान देवदत्त र आरोन फिन्चले क्रमश: २५ र १६ रन बनाएका थिए । यस्तै गुरकीरत सिंह मानले अविजित रहदै २१ रन बनाउँदा कप्तान विराट कोहलीले पनि १८ रनमा अविजित रहे ।

बलिङतर्फ कोलकताका लॉकी फर्ग्यूसनले एक विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर ८४ रन मात्र बनाएको थियो ।

निकै खराब ब्याटिङ गरेको कोलकताका लागि कप्तान इयोन मोर्गनले ३० रन तथा कुलदिप यादवले १२ , दिनेश कार्तिकले १२ रन र लॉकी फर्ग्यूसनले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

कोलकताको ब्याटिङ ध्वस्त पार्ने क्रममा बेंगलोरका मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरे । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले २ ओभर मेडन राख्दै मात्र ८ रन खर्चिएर ३ विकेट लिएका थिए ।

यस्तै युजवेंद्र चहलले २ तथा नभदिप शैनी र वाशिंगटन सुन्दरले पनि १/१ विकेट लिएका थिए ।

यो जितसँगै बेंगलोर १० खेलबाट १४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भने पराजित हुन् पुगेको कोलकता १० अंकसहित चौथों स्थानमा रहेको छ ।

यता प्रतियोगिता अन्तर्गत बिहिबार राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्