त्रिकोणात्मक टि – ट्वान्टी सिरिज को पहिलो खेल मा नेदरल्यान्ड बिजयी

त्रिकोणात्मक टि – ट्वान्टी सिरिज को पहिलो खेल मा नेदरल्यान्ड बिजयी

साउन १३ , अनलाईन खेलखबर || लर्डस क्रिकेट मैदान मा अहिले जारि नेपाल नेदरल्यान्ड र मेरिलेबोन क्रिकेट क्लव(एमसिसि ) को त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज को पहिलो एममिसि र नेदरल्यान्ड बिचको खेल मा नेदरल्यान्ड १० रनले बिजयी भएको छ ।


बर्षा ले प्रभावित गरेपछि पुर्ब निर्धारित समय भन्दा पछि ६ ओवर मा घटाएर खेललाई सुरुवात गरिएको थियो । ईङल्यान्ड स्थित सिरिज आयोजना भएको क्रीकेट को मक्का भनेर चिनिने लर्डस क्रीकेट मैदान मा बिहानै देखि पानी परिरहेको हुँदा खेल समय प्रभावित हुन पुगेको थियो ।

सिरिज को पहिलो खेल मा आज टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड ले निर्धारित ६ ओवर मा ३ बिकेट गुमाएर ७२ रन बनाएको थियो । जस मा नेदरल्यान्ड का टिपि भिसी ले सर्बाधिक अबिजित अर्धसतकिय ५८ रनको पारी खेले , आक्रमक शैली मा उत्रिएका उनले खेलको भावना अनुरुप २३ बलको सामना गर्दै ४ चौका र ५ छ्क्का प्रहार गरेका थिए ।

७३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको घरेलु टिम एमसिसि ले निर्धारित ६ बिकेट पुरै ब्याटिङ गर्दै २ बिकेट गुमाएर मात्र ६२ रन मा समिटियो र नतिजा नेदरल्यान्ड को पक्ष मा गएको थियो । एमसिसि का लागि बरुण चोपडा ले अबिजित रहदै सर्बाधिक २७ रन को पारी खेलेका थिए ।

यो खेल पछि अब नेपाल र एमसिसि भिडने छ्न जुन ६ ओवर को खेल हुनेछ भने अर्को अन्तिम खेल मा नेपाल र नेदरल्यान्ड बिच हुनेछ जुन निर्धारित २० ओ वर पुरैको हुनेछ । जुन खेल आईसीसी ले समेत अन्तर्राष्ट्रिय टि – ट्वान्टी को मान्यता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *