सन्दीप लंका प्रिमियर लिगमा छनोट भएनन् !
काठमाडौं (अनलाइन खेल खबर ) । आउँदो नोभेम्बर २१ देखि सुरु हुने भनिएको लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने छ्नोट हुन् असफल भएका छन् ।
ड्राफ्टमा नाम समावेश भएको भएपनि सोमबार २० राउण्डसम्म चलेको ड्राफ्टमा उनलाई कुनै पनि फेन्चाईज टोलीले टिममा भित्राउन चासो देखाएनन ।
यस्तै सन्दिपसँगै ड्राफ्टमा रहेका अर्का नेपाली खेलाडी सुनम गौतम पनि ड्राफ्टमै सिमित हुन् पुगे ।
सन्दीपले आफूलाई ड्राफ्टमा डायमण्ड श्रेणीमा राखेका थिए । जसको मूल्य ५० हजार अमेरिकन डलर देखि ६० हजारको बीचमा रहेको थियो । भने गौतम क्लासिक श्रेणीमा रहेका थिए । जसको मूल्य १५ हजार अमेरिकन डलर देखि २५ हजार बीचमा रहेको थियो ।
यता कुल १५ दिन चल्ने प्रतियोगितामा कुल ५ फेन्चाईज टोलीले सहभागिता जनाउने छन् । जसमा कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स रहेका छन् ।
टिममा विदेशी खेलाडीको हकमा पाकिस्तानी खेलाडीको बाहुल्यता देखिएको छ । भने विश्व चर्चित अनुहार फाफ डु प्लेसिस, डेविट मिलर , आन्द्रे रसेल ,क्रिस गेल लगायत खेलाडीहरु पनि लंका प्रिमियर लिगमा उपलब्ध हुनेछन् ।
श्रीलंका क्रिकेट बोर्डको आयोजनामा हुन् गईरहेको प्रतियोगितामा कुल २३ खेल हुनेछ ।