onlinekhelkhabar.com

Complete website for Nepali Sports News

चेन्नईमाथि सानदार जितमा बटलर उत्कृष्ट घोषित

एजेन्सी । राजस्थान रोयल्सका ब्याट्सम्यान जोस बटलर प्लेयर अफ द म्याच घोषित भएका छन् ।

सोमबार राति भएको आफ्नो दशौं खेलमा चेन्नई सुपर किंग्समाथि सानदार जित हासिल गर्ने क्रममा बलटरले सानदार ब्याटिङ गरेका थिए ।

टिमलाई महत्वपूर्ण खेलमा जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले ७० रन बनाएका थिए ।

अविजित रहदै टिमलाई जिताएका उनले ४८ बलको सामना गर्दै ७ चौका र २ छ्क्का प्रहार समेत गरेका थिए ।

यता खेलमा खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय २६ रनको विजयी चुनौतीलाई राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

यो जितसँगै उनको टिम राजस्थान अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । हालसम्म १० खेल खेलिसकेको राजस्थानले ८ अंक जोडेको छ ।

यता बलटरले भने जारी प्रतियोगितामा २ अर्धशतकसहित २ सय ६२ रन बनाईसकेका छन् ।