onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराट कोहली पाँचौ स्थानमा

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका छन् ।

शनिबार राति राजस्थान रोयल्सविरुद्धको खेलमा ४३ रन बनाएपछि उनि सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा पाँचौ स्थानमा उक्लिएका हुन् ।

प्रतियोगितामा सुरुवाती तीन खेलमा सस्तैमा आउट हुन् पुगेका विराटले त्यसपछिका बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

त्यसैको फलस्वरुप उनले अहिलेसम्म ९ खेलबाट दुई अर्धशतकसहित ३ सय ४७ रन बनाईसकेका छन् ।

यता यस सूचीको शीर्ष स्थानमा किंग्स इलाभेन पन्जावका कप्तान समेत रहेका लोकेश राहुल रहेका छन् । प्रतियोगितामा पन्जावले खराब प्रदर्शन गरिरहेको भएपनि लोकेशले भने राम्रो प्रदर्शन गरिरहेका छन् ।

हालसम्म पन्जावले खेलेको ८ खेलमा उनले १ शतक र ४ अर्धशतकसहित ४ सय ४८ रन बनाएका छन् ।

यस्तै पन्जावकै अर्का ब्याट्सम्यान मंयाक अग्रवाल यस सूचीको दोस्रो स्थानमा रहेका छन् । उनले अहिलेसम्म ३ सय ८२ रन बनाएका छन् ।

यता ३ सय ६५ रनसहित चेन्नई सुपर किंग्सका फाफ डु प्लेसिस यस सूचीको तेस्रो स्थानमा रहदा दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान शिखर धवन चौथों स्थानमा रहेका छन् ।

चौथों स्थानमा रहने क्रममा उनले ९ खेलबाट २ अर्धशतक र १ शतकसहित ३ सय ५९ रन बनाएका छन् । आईपीएलमा पहिलो शतक प्रहार उनले चेन्नई सुपर किंग्सविरुद्ध शनिबार प्रहार गरेका थिए ।

यस्तै विराटलाई अहिले ३ सय २१ रनसहित दिल्लीका कप्तान श्रेयस अय्यरले पछ्याईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्