दिल्ली पुन: शीर्ष स्थानमा
एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष
स्थानमा पुन : उक्लिएको छ ।
शनिबार राति प्रतियोगिताको ३४ औं खेलमा साविकको उप – विजेता चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेसँगै दिल्ली पुन: अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
शीर्ष स्थानमा उक्लिने क्रममा हालसम्म ९ खेल खेलिसकेको दिल्लीले ७ खेलमा जित र २ मा हारसहित अंकतालिकामा १४ अंक जोडेको छ ।
दिल्लीलाई अहिले एक खेल कम खेलेको मुम्बई इन्डियन्सले पछ्याईरहेको छ । साविकको च्याम्पियन समेत रहेको मुम्बई ८ खेलबाट ६ खेलमा जित निकाल्दै १२ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस्तै विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा रहेको छ । हालसम्म ९ खेल खेलेको बेंगलोरले ६ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै १२ अंक जोडेको छ ।
बेंगलोरपछि ८ अंकसहित कोलकता नाइट राईडर्स चौथों स्थानमा रहेको छ । यस्तै सनराईजर्स हैदराबाद , चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स ६ अंकसहित क्रमशः पाँचौ , छ्ठौं र सातौं स्थानमा रहेका छन् ।
यता ८ खेलबाट ६ खेलमा हार र २ खेलमा जित निकालेको पन्जाव ४ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।