onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानमाथि बेंगलोरको रोमान्चक जित

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो आठौं खेलमा राजस्थान रोयल्सलाई हराएको छ ।

शनिबार भएको दिनको दोस्रो खेलमा जित हासिल गर्ने क्रममा बेंगलोरले राजस्थानलाई ७ विकेटले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा ८ खेल खेलिसकेको बेंगलोरको यो चौथों जित हो । भने समान ८ खेलनै खेलेको राजस्थानको यो छ्ठौं हार हो ।

यता खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बेंगलोरले उक्त चुनौतीलाई २ बल बाँकी रहदा ३ विकेट गुमाएर पूरा गर्यो ।

रोमान्चक बनेको खेलमा बेंगलोरका लागि एबी डि भिलिअर्सले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले २२ बलको सामना गर्दै १ चौका र ६ छ्क्कासहित ५५ रन बनाए ।

यस्तै गुरकीरत सिंह मान पनि १९ रनमा अविजित रहेका थिए । त्यसअघि ओपनरद्वय देवदत्त र आरोन फिन्चले क्रमशः ३५ र १४ रन बनाउँदा कप्तान विराट कोहलीले ४३ रन बनाएका थिए ।

बलिङतर्फ राजस्थानका श्रेयस गोपाल , कार्तिक त्यागी र राहुलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनरद्वय रोबिन उथप्पा र बेन स्टोक्सले ५० रनको ओपनिङ साझेदारी गरेका थिए ।

यसबीचमा छ्ठौं ओभरको चौथों बलमा आउट हुन् पुगेका स्टोक्सले १५ रन बनाएका थिए । त्यसपछि उथप्पालाई टिमले दोस्रो विकेटका रुपमा गुमायो । ७.४ ओभरमा टिमको स्कोर ६९ रन हुँदा आउट भएका उथप्पाले भने टिमको विश्वासलाई न्याय गरे ।

यसअघिका खेलमा मध्य क्रममा ब्याटिङ गर्दै आएका उनले यसमा ओपनिङको जिम्मेवारी प्राप्त गरेका थिए । जसरी उनलाई टिमले विश्वास गरेको थियो । त्यसमा उनी सफल पनि भए ।

त्यस क्रममा उनले २२ बलको सामना गर्दै ७ चौका र १ छ्क्कासहित ४१ रन बनाए । उथप्पा आउट भएपछि अर्को बलमा सन्जु सैमसन आउट हुन् पुगे । सस्तैमा आउट भएका उनले मात्र ९ रन बनाए ।

त्यसपछि कप्तान स्टीवन स्मिथ र जोस बटलरले टिमको पारीलाई अगाडी बढाए । त्यसबीचमा यी दुई ब्याट्सम्यानबीच चौथों विकेटका लागि ५८ रनको साझेदारी हुन् पुगेको थियो ।

१५.३ ओभरमा टिमको स्कोर १ सय २७ रन हुँदा आउट हुन् पुगेका बटलरले २४ रन बनाए । भने कप्तान स्टीवन स्मिथले कप्तानी पारी खेले ।इनिङकै सर्वाधिक ठूलो स्कोर बनाएका उनले ५७ रन बनाए । ३६ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ६ चौका र १ छ्क्का प्रहार गरेका थिए ।

बलिङतर्फ बेंगलोरका क्रिस मोरिसले सर्वाधिक ४ तथा युजवेंद्र चहलले २ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्