onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आज दिल्ली चेन्नईसँग खेल्दै : दिल्लीलाई शीर्ष स्थानमा उक्लिने सुनौलो मौका

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो नवौं खेलमा दिल्ली क्यापिटल्सले आज चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुने खेलमा दिल्ली सातौं जितको खोजिमा रहने छ । जारी प्रतियोगितामा राम्रो लयमा देखिएको दिल्ली ८ खेलबाट ६ खेलमा जित हासिल गर्दै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्ससँग समान अंक भएपनि दिल्ली नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ ।

यदी आज हुने खेलमा दिल्लीले चेन्नईलाई हराएको खण्डमा दिल्ली पुन: शीर्ष स्थानमा उक्लिने छ ।

यता आज दिल्लीसँग खेल्न लागेको चेन्नईले ८ खेलमा मात्र ३ जित हासिल गर्दै ६ अंकसहित अंकतालिकाको छ्ठौं स्थानमा रहेको छ ।

तुलनात्मक रुपमा हेर्दा यस खेलमा चेन्नईमाथि दिल्लीनै हाबी हुने देखिएको छ । तर चोटबाट ग्रस्त दिल्लीलाई अघिल्लो खेलझै सहज भने पक्कै हुने छैन ।

यसअघि लिग चरणमा भेट हुँदा पनि दिल्लीले चेन्नईलाई ४४ रनले पराजित गरेको थियो । जसमा दिल्लीले १ सय ७५ रन बनाउँदा चेन्नई १ सय ३१ रनमा सिमित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्