onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्विन्टन डी कक दोस्रो पटक उत्कृष्ट घोषित

एजेन्सी । मुम्बई इन्डियन्सका ओपनर तथा विकेट किपर ब्याट्सम्यान क्विन्टन डी कक युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा दोस्रोपटक प्लेयर अफ द म्याच घोषित भएका छन् ।

शुक्रबार राति कोलकता नाइट राइडर्सविरुद्ध राम्रो प्रदर्शन गरेसँगै उनलाई खेलको प्लेयर अफ द म्याच घोषित गरिएको थियो । जारी प्रतियोगितामा यसरी प्लेयर अफ द म्याच उनि दोस्रो पटक चयन भएका हुन् ।

यसअघि उनि दिल्ली क्यापिटल्सविरुद्धको खेलमा पनि प्लेयर अफ द म्याच घोषित भएका थिए । उनको सानदार प्रदर्शनको सहयोगमा मुम्बईले राम्रो लयमा रहेको दिल्लीलाई रोमान्चक बनेको खेलमा ५ विकेटले पराजित गरेको थियो । उनले ब्यक्तिगत रुपमा ५३ रनको योगदान गरेका थिए ।

यता गएराति भएको खेलमा पनि उनको प्रदर्शन निकै तारिफयोग्य हुन् पुग्यो । अविजित रहेका उनले ७८ रन बनाए । उक्त रन बनाउने क्रममा उनले ४४ बलको सामना गर्दै ९ चौका र ३ छ्क्का समेत प्रहार गरे ।

आईपीएलमा क्विन्टन डी ककको हालसम्मको प्रदर्शन

डिफेन्डिङ च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्सको महत्वपूर्ण खेलाडीका रुपमा रहेका क्विन्टन डी ककको प्रदर्शन पनि टिमको जस्तै झन पछि झन राम्रो हुँदै गएको छ ।

जुन मुम्बईका लागि शुखद पक्ष हो । क्विन्टन डी ककबाट मुम्बईले ठूलो आशा पनि राखेको छ । जून आशालाई क्विन्टन डी ककले अहिले सम्म न्याय गर्न कोसिस गरिरहेका छन् । प्रतियोगिता मध्य तिर आईपुग्दा ब्यक्तिगत रुपमा क्विन्टन डी ककले सबैको विश्वास प्रती न्यायनै गरेका छन् ।

अहिलेसम्म टिमले खेलेको ८ वटै खेल खेलेका उनले त्यस क्रममा २ सय ६९ रन बनाईसकेका छन् । जसमा तीन अर्धशतक पनि समावेश रहेको छ । अहिले उनि यस सिजनको सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा नवौं स्थानमा समेत रहेका छन् ।

टिम पनि पुन: शीर्ष स्थानमा उक्लियो

आफ्नो आठौं खेलमा गएराति कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शीर्ष स्थानमा उक्लिने क्रममा हालसम्म मुम्बईले ८ खेलबाट ६ खेलमा जित र २ मा हार ब्यहोर्दै १२ अंक जोडको छ ।

जसलाई १२ अंकसाथ दिल्ली क्यापिटल्सले पछ्याईरहेको छ । समान ८/८ खेल खेलिसकेका मुम्बई र दिल्लीको समान अंक भएपनि नेट रनरेटमा मुम्बई माथि रहदै शीर्ष स्थानमा रहेको हो ।