onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोलकतामाथि सानदार जित निकाल्दै मुम्बई पुन: शीर्ष स्थानमा उक्लियो

एजेन्सी । साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पुन:शीर्ष स्थानमा
उक्लिएको छ ।

शुक्रबार राति भएको आफ्नो आठौं खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानमा उक्लिने क्रममा हालसम्म मुम्बईले ८ खेलबाट ६ खेलमा जित र २ मा हार ब्यहोर्दै १२ अंक जोडको छ । भने मुम्बईसँग पराजित हुन् पुगेको कोलकताको अंकतालिकामा ८ खेलबाट ४ मा हार र ४ मा जितसहित ८ अंक रहेको छ ।

यता खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ४९ रनको विजयी चुनौतीलाई मुम्बईले १६.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई सानदार जित दिलाउने क्रममा उसका लागि ओपनरद्वय रोहित शर्मा र क्विन्टन डी ककले राम्रो ब्याटिङ गरे । यी दुईबीच ९४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

यसबीचमा १०. ३ ओभरमा पहिलो विकेटका रुपमा टिमले रोहितलाई गुमाएको थियो । टिमको कप्तान समेत रहेका रोहितले शिभव मावीको बलमा आउट हुनुअघि ३६ बलको सामना गर्दै ५ चौका र १ छ्क्कासहित ३५ रन बनाएका थिए ।

रोहित आउट भएपछि क्विन्टन डी ककलाई साथ दिन सुर्यकुमार यादव मैदानमा प्रवेश गरेका थिए । तर उनि १० रन मात्र बनाएर बरुण चक्रवतीको बलमा आउट हुन् पुगेका थिए ।

त्यसपछि टिमलाई जिताएका क्विन्टन डी कक ७८ रनमा अविजित रहे । ४४ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ९ चौका र ३ छ्क्का समेत प्रहार गरे । यस्तै हार्दिक पान्डेया पनि २१ रनमा अविजित रहेका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारण २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

खेलमा तेस्रो ओभरको अन्तिम बलमा टिमको स्कोर १८ रन हुँदा ओपनर ब्याट्सम्यान राहुल त्रिपाठीलाई ब्यक्तिगत ७ रनमा गुमाएको कोलकताले थप १३ रन जोड्दा नितिश रानालाई पनि सस्तैमा गुमाएको थियो । उनले मात्र ५ रन बनाए ।

नितिश आउट भएपछि ७.३ ओभरमा टिमको स्कोर ४२ रन हुँदा अर्का ओपनर सुभमन गिल पनि आउट हुन् पुग्दा टिम सुरुवाती अवस्थामै दबाबमा आएको थियो ।

राहुल चहरको बलमा किरोन पोलार्डको हातबाट क्याच आउट हुनु अघि उनले २३ बलको सामना गर्दै २ चौका सहित २१ रन बनाए ।

यस्तै यसबीचमा विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिक ४ रन बनाएर पभेलियन फर्किए । त्यसपछि आन्द्रे रसेल पनि १२ रन बनाएर आउट हुन् पुगे ।

१०.४ ओभरमा टिमको स्कोर ६१ रन हुँदा पाँच विकेट गुमाएको कोलकताले त्यसपछि भने राम्रो साझेदारी पायो । जसमा प्याट कमिंन्स र टिमका कप्तान इयोन मोर्गनले राम्रो साझेदारी गरे ।

टिमको इनिङलाई बढाउन महत्वपूर्ण साझेदारी गरेका मोर्गन र कमिंन्सले अविजित रहदै क्रमश: ३९ र ५३ रनको योगदान गरे ।

मोर्गनले उक्त रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छ्क्का समेत प्रहार गरे । भने अर्धशतकीय पारी खेलेका कमिंन्सले ३६ बलको सामना गर्दै ५ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।

बलिङतर्फ मुम्बईका राहुल चहरले २ तथा जसप्रित बुमराह , नाथन कुल्टर नाइल र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछ । जसअन्तर्गत पहिलो खेलमा दिउँसो पौने ४ बजेपछि राजस्थानले बेंगलोरको सामना गर्नेछ । यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

त्यसपछि शारजाहमा राति पौने ८ बजेपछी दिल्ली क्यापिटल्सले चेन्नईको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्