onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मुम्बईविरुद्ध कोलकताले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिले ब्याटिङ ब्याटिङ गर्ने भएको छ

आबुधाबी स्थित शेख जायद रंगशालामा भर्खरै भएको टसमा टस जितेर कोलकताले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

यता प्रतियोगितामा आज मुम्बई छैटौं र कोलकाता पाँचौ जित हासिल गर्ने दाउमा रहेका छन् ।

हालसम्म ७ खेल बाट मुम्बई ५ मा जित र २ मा हार सहित १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

भने कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेको छ ।

मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

कोलकताको प्लेइङ ११ – क्रिस ग्रिन, सुभमन गिल, नितेश राणा, ईयोन मोर्गन (कप्तान), आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर), शिवम माभी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण