दिनेश कार्तिकबाट सुहाउँदो निर्णय : अब कोलकताको कप्तानी मोर्गनले गर्ने
एजेन्सी । दिनेश कार्तिकले कोलकता नाइट राईडर्सको कप्तानी छोड्ने निर्णय गरेका छन् ।
आज शुक्रबार कोलकताले आफ्नो आठौं खेलमा साविकको विजेता मुम्बई इन्डियन्सको सामना गर्दैछ । त्यसको पूर्वसन्ध्यामा उनले टिमको कप्तानीबाट पछि हट्ने बताएका हुन् ।
उनले कप्तानीका लागि टिम ब्यबस्थापनसँग इंग्ल्यान्डका इयोन मोर्गनलाई सिफारिस समेत गरेका छन् । आईपीएल मध्य तिर आईपुग्दा अब भने कोलकताको नेतृत्व इयोन मोर्गनले गर्ने छन् ।
हालसम्म ७ खेल खेलिसकेको कोलकताले अहिलेसम्म ४ खेलमा मात्र जित निकालेको छ । उपाधि उचाल्ने लक्ष्यका साथ युएई पुगेको कोलकताको त्यति सन्तोषजनक प्रदर्शन हुन् सकिरहेको छैन ।
अघिल्लो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग ८२ रनले पराजित भएसँगै कप्तान कार्तिकमाथि विभिन्न प्रश्न उठेको पनि थियो ।
यस बीचमा कारण धेरै हुन् सक्छन् । तर कार्तिकले भने अब आफुले ब्याटिङमै मात्र केन्द्रित हुनु पर्ने भएको हुँदा कप्तानी छोड्ने विचार गरेको बताएका छन् ।
इयोन मोर्गन जस्तो खेलाडी हुँदा हुँदै कार्तिकले कप्तानी गर्न पनि त्यही सुहाउँदो भने देखिएको थिएन । सायद कार्तिकलाई पनि खेल्दै जाँदा त्यो अनुभुती भएर पनि हुन् सक्छ उनले कप्तानीको जिम्मेवारी मोर्गनलाई सुम्पेका हुन् ।
मोर्गनको कप्तानी हामीले हेर्दै आएकै हौं । उनी जति खेलाडीको रुपमा सफल हुँदैछन् । त्यसको बढी कप्तानी क्षमता उनिमा रहेको छ । त्यसको फलस्वरुप उनको कप्तानीमा अघिल्लो वर्ष इंग्ल्यान्डले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि समेत उचालेको थियो ।
यता प्रतियोगितामा भने मोर्गनले ब्यक्तिगत रुपमा त्यति उल्लेख प्रदर्शन भने गरेका छैनन् । तर नराम्रो पनि भएको छैन । मध्यम प्रदर्शन गरिरहेका उनले अहिलेसम्म १ सय ७५ रन बनाएका छन् ।