अझै म सन् २०२१ सम्म खेल्न सक्छु – क्रिस गेल
एजेन्सी । विश्व क्रिकेटका चर्चित क्रिकेटर क्रिस गेलले अर्को वर्ष सम्म आफूले क्रिकेट खेल्न सक्ने बताएका छन् ।
बिहिबार राति रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको खेलपछि उनले यस्तो भनाई व्यक्त गरेका थिए ।
उनले बेंगलोरविरुद्धको पारी एउटा आफ्नो लागि पनि राम्रो पारी रहेको र आफूले टिमले भनेकोझै गरेकोमा खुशी लागेको बताएका थिए ।
यस्तै पन्जावले उनलाई आठौं खेलमा मौका दिएपछि गेलले त्यस बारेमा खुलेरै प्रतिक्रिया दिएका छन् । उनी भन्छन्’मलाई लाग्यो कि फिट हुनु जरुरी छ , मलाई बेन्चमा बस्न मन लाग्दैन तर यस्को आनन्द भने लिईरहेको थिए´।
सिजनको पहिलो खेल खेल्ने क्रममा उनले पहिलो खेलमै सानदार ब्याटिङ गर्दै आफूलाई समेत प्रमाणित गरे । र आफू टि- ट्वान्टीमा अझै पनि लायक रहेको जानकारी गराए ।
उनले उक्त खेलमा ४५ बलको सामना गर्दै १ चौका र ५ छ्क्कासहित ५३ रनको योगदान गरे । जसले गर्दा उनको टिम पन्जावले आईपीएलमा दोस्रो जित हासिल गर्न सफल भयो ।
निकै रोमान्चक बनेको खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ७२ रनको चुनौतीलाई पन्जावले २ विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको थियो ।
पन्जावलाई अन्तिम ओभरमा जितका लागि मात्र २ रनको आवस्यकता रहेको थियो । यस्तोमा मैदानमा कप्तान लोकेश राहुल र गेल रहेका थिए भने बलिङ युजभेन्द्र चहल रहेका थिए ।
उनले अन्तिम ओभर निकै राम्रो फाले । पहिलो र दोस्रो बल ड्ट फालेका उनले तेस्रो बलमा एक रन खर्चिँदा खेल थप रोचक मोडमा पुग्यो । स्कोर बराबरी हुन् पुग्यो ।
फेरी चौथों बल डट हुन् पुग्दा पाँचौ बलमा गेल आउट हुन् पुगे । अन्तिम बलमा निकोलोस पुरनले छ्क्का प्रहार गर्दै टिमलाई ८ विकेटले जित दिलाएका थिए ।