onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईपीएलमा क्रिस गेलको कमब्याक : बेंगलोरविरुद्ध अन्तिम ११ मा पर्न सफल

एजेन्सी । वेस्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेलले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा बल्ल मौका पाएका छन् ।

लोकेश राहुलको कप्तानीमा रहेको किंग्स इलाभेन पन्जावमा आवद्ध गेल यसअघि पन्जावले खेलेका सबै खेलमा बेन्चमै रहेका थिए ।

टिममा सर्वाधिक अनुभवी खेलाडी समेत रहेका गेललाई अहिले आएर पन्जावले आफ्नो आठौं खेलमा मौका दिएको छ ।

अब ओपनिङ जोडीको रुपमा गेल र कप्तान लोकेश राहुल मैदानमा उत्रिने छन् । यता खेलमा रोयल च्यालेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पन्जावको प्लेइङ ११ :क्रिस गेल , केएल राहुल , मयंक अग्रवाल, निकोलस पूरन, ग्लेन मैक्सवेल, दीपक हुड्डा, क्रिस जोर्डन, मुरुगन अश्विन, मोहम्मद शमी, रवि बिश्नोई, अर्शदीप सिंह

बेंगलोरको प्लेइङ ११ : देवदत्त , आरोन फिंच, विराट कोहली , एबी डि भिलियर्स (डब्ल्यू), वाशिंगटन सुन्दर, शिवम दुबे, क्रिस मोरिस, ईसुरु उदाना, नवदीप सैनी, मोहम्मद सिराज र युजवेंद्र चहल