onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एनरिच नॉर्टजेले गरे आईपीएल इतिहासकै सर्वाधिक तिब्र गतिमा बलिङ

एजेन्सी । दिल्ली क्यापिटल्सका तीब्र गतिका बलर एनरिच नॉर्टजे इन्डियन प्रिमियर लिग (आईपीएल ) मा सर्वाधिक तीब्र गतिमा बलिङ गर्ने खेलाडी बनेका छन् ।

बुधबार राति दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भएको खेलमा उनले उक्त कीर्तिमानी बलिङ गरेका थिए ।

दक्षिण अफ्रिकाका एनरिच नॉर्टजेले जारी प्रतियोगितामा पनि राम्रो प्रदर्शन गरिरहेका छन् । जस अन्तर्गत हालसम्म उनले १० विकेट पनि लिईसकेका छन् । यसबीचमा उनले आफ्नो नाममा उक्त कीर्तिमान राखेका हुन् ।

राजस्थानविरुद्ध कीर्तिमानी बल फाल्ने क्रममा उनले दोस्रो इनिङको तेस्रो ओभरको पाँचौ बलमा १५६.२ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए । जून गति आईपीएलमा अहिलेसम्मकै उच्च गति हुन् पुग्यो ।

यसअघि सन् २०१२ मा डेक्कन चार्जर्सबाट खेल्ने क्रममा दक्षिण अफ्रिकाकै तीब्र गतिका बलर डेल स्टेनले १५४.४० किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेका थिए ।

कीर्तिमानी गतिमा बलिङ गरेका उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका थिए । उनले राजस्थानका लागि राम्रो गरिरहेका दुई ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाईदिएका थिए ।

जसमा ओपनर ब्याट्सम्यान जोस बटलर र अनुभवी ब्याट्सम्यान रोबिन उथप्पा रहेका थिए । यी दुई क्रमशः २२ र ३५ रनमा आउट हुन् पुगे ।

आफ्नो स्पेलको ४ ओभर पूरै ब्याटिङ गरेका उनले ३३ रन खर्चिएर उक्त विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्