मलेसिया मा हुने भयो एसिया कप छ्नोट प्रतियोगिता

मलेसिया मा हुने भयो एसिया कप छ्नोट प्रतियोगिता

साउन ११ , अनलाईन खेलखबर || आउदो सेप्टेम्बर १३ देखि २८ सम्म युएई मा हुने एसिया कप क्रीकेट प्रतियोगिता को छ्नोट खेल मलेसिया मा आयोजना हुने भएको छ ।

पुर्ब निर्धारित कार्यक्रम अनुसार एसिया कप पनि भारत मा नै हुने र एसिया कप को छ्नोट पनि भारत ले नै आयोजना गर्ने भनिएको भएता पनि पछिल्लो समय मा भारत र पाकिस्तान बिचको राजनितिक अस्थिरता का कारण एसिया कप युएई ले र एसिया कप को छ्नोट अहिले आएर मलेसिया ले गर्ने भएको हो ।

एसियन क्रीकेट काउन्सिल ( एसिसी ) का अनुसार एसिया कप छनौट प्रतियोगिता मलेसियामा आयोजना हुने भएको हो । यहि आउदो अगस्ट २७ तारिख देखि सेप्टेम्बर ७ तारिखसम्म प्रतियोगिता मलेसियामा सन्चालन हुने घोषणा एसिसी ले गरेको छ ।

एकदिवसीय एसिया कप मा एसिया का टेस्ट मान्यता प्राप्त देश भारत, पाकिस्तान , बङलादेश , श्रीलंका र अफगानिस्तान खेल्नेछ्न भने एक एसोसियट टिम लाई पनि छ्नोट गराईनेछ । जसका लागि छ्नोट खेल बाट नेपाल सहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान बिच बाट उत्कृष्ट एक छ्नोट हुनेछ । जसले युएई मा हुने एसिया कप मा खेल्नेछ ।

एसिसी ले केही महिना अघि सार्बजनिक गरेको समूह मा मलेसिया मा हुने छनोट प्रतियोगिता को बिजेता टोलि ले एसिया कप को समूह ” ए ” मा स्थान बनाउने छ जहाँ भारत र पाकिस्तान रहेका छ्न यस्तै समुह ” बि ” मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *