onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीले राजस्थानलाई दियो बलियो चुनौती : श्रेयस र शिखरको अर्धशतक

एजेन्सी । कप्तान श्रेयस अय्यर र ओपनर ब्याट्सम्यान शिखर धवनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो आठौं खेलमा राजस्थान रोयल्सलाई बलियो विजयी चुनौती प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको छ ।

दिल्लीले यो योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान श्रेयस अय्यर र ओपनर ब्याट्सम्यान शिखर धवनले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

त्यसअघि ओपनर ब्याट्सम्यान पृथ्वी शालाई शुन्य रन र अजिंक्य रहाणेलाई २ रनमा गुमाएको दिल्लीको पारीलाई त्यसपछि शिखर र श्रेयसले राम्रो अगाडी बढाएका थिए ।

जस अन्तर्गत यी दुईबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी हुन् पुगेको थियो । ११.४ ओभरमा टिमको स्कोर ९५ रन हुँदा श्रेयस गोपालको बलमा कार्तिक त्यागिको हातबाट क्याच आउट हुन् पुगेका शिखरले ५७ रनको योगदान गरेका थिए ।

३३ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ६ चौका र २ छ्क्कासमेत प्रहार गरे ।

शिखर पछि दिल्लीले चौथो विकेटका रुपमा कप्तान श्रेयस अय्यरलाई गुमाएको थियो । १५.६ ओभरमा टिमको स्कोर १ सय ३२ हुँदा आउट हुन् पुगेका उनले ५३ रन बनाएका थिए ।

कार्तिक त्यागीको बलमा जोफ्रा आर्चरको हातबाट क्याच आउट हुनुअघि उनले उक्त रन बनाउने क्रममा ४३ बलको सामना गर्दै ३ चौका र २ छ्क्का प्रहार गरेका थिए ।

श्रेयस अय्यर आउट भएपछि मार्कस स्टोनिसले १८ रन थपे भने एलेक्स क्यारी र अक्षर पटेलले क्रमशः १४ र ७ रन बनाएका थिए ।

बलिङतर्फ राजस्थानका जोर्फा आर्चरले सर्वाधिक ३ तथा जयदेवले २ विकेट लिएका थिए । यस्तै कार्तिक त्यागी र श्रेयस गोपालले पनि १/१ विकेट लिएका थिए ।

अब दिल्लीले प्रस्तुत गरेको १ सय ६२ रनको विजयी चुनौतीलाई पछ्याउँदै राजस्थानले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्