onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीले टस जित्यो : रोज्यो ब्याटिङ

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत अहिले आफ्नो आठौं खेलमा राजस्थान रोयल्सको सामना गर्दैछ ।

यसबीचमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भर्खरै भएको टसमा टस जितेर दिल्लीले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

यस संस्करणको उपाधि उचाल्ने लक्ष्यका साथ युएई पुगेको दिल्लीले हालसम्म राम्रै प्रदर्शन गरि रहेको छ । र आफ्नो दाबेदारीलाई प्रमाणित गर्ने लयमा रहेको छ ।

त्यसको फलस्वरुप दिल्ली अहिले ७ खेलबाट ५ खेलमा जित र २ मा हार ब्यहोर्दै १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानमा भने डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स रहेको छ । दिल्लीसँगै १० अंक भएको भएपनि नेट रनरेटमा माथि रहदै मुम्बई शीर्ष स्थानमा रहेको छ । यदि आज दिल्लीले राजस्थानलाई हराएको खण्डमा दिल्ली पुन: अंकतालिकाको शीर्ष स्थानमा उक्लिने छ । जून सम्भावना बलियो पनि देखिएको छ ।

राम्रो लयमा देखिएको दिल्ली अघिल्लो खेलमा भने साविकको विजेता मुम्बईसँग ५ विकेटले स्तब्ध हुन् पुगेको थियो । त्यसले गर्दा पनि दिल्लीलाई यो खेल निकै महत्वपूर्ण रहेको छ ।

यता ७ खेलबाट ३ मा जित र ४ मा हार ब्यहोर्दै ६ अंकसहित अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानलाई पनि प्ले अफमा पुग्न थप सहयोगका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ ।

प्रतियोगितामा सुरुवाती दुई खेलमा लगातार जित निकालेको राजस्थानले त्यसपछि ४ खेलमा पराजित हुन् पुगेको थियो । तर प्ले अफ सम्भावनालाई जिवितै राख्ने क्रममा राजस्थानले अघिल्लो खेलमा हैदराबादलाई भने ५ विकेटले पराजित गरेको थियो ।

त्यो जितले गर्दा टिमलाई थप उर्जा प्राप्त भएको छ । यस संस्करणमा राम्रो सम्भावना बोकेको टिम हुँदा हुँदै राजस्थानको त्यति सन्तोषजनक नतिजा आईरहेको छैन ।

तसर्थ आफ्नो क्षमतालाई प्रमाणित गर्न पनि यस खेल राजस्थानलाई दिल्ली राम्रो अवसर हुन् सक्छ ।

यसअघि लिग चरणमै यी दुईबीच भएको भेटमा भने दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो । शारजाह क्रिकेट रंगशालामा भएको उक्त खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याएको राजस्थान १९.४ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा सिमित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्