onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चेन्नईको तेस्रो जितमा रविन्द्र जडेजा उत्कृष्ट घोषित

एजेन्सी । चेन्नई सुपर किंग्सका अलराउन्डर रविन्द्र जडेजा प्लेयर अफ द म्याच घोषित भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत मंगलबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दा रविन्द्रले अहम भूमिका निर्वाह गरेका थिए ।

जारी प्रतियोगितामा चेन्नईले तेस्रो जित हासिल गर्ने क्रममा रविन्द्रले ब्याटिङतर्फ अविजित रहदै २५ रन बनाएका थिए । छ्ठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले उक्त रन बनाउने क्रममा मात्र १० बलको सामना गर्दै ३ चौका र १ छ्क्का समेत प्रहार गरेका थिए ।

बलिङतर्फ जडेजाले ३ ओभर बलिङ गर्दै २१ रन खर्चिएर १ विकेट लिएका थिए ।

चेन्नईले आईपीएलमा ८ खेलि सक्दा सबै खेलमा स्थान बनाएका जडेजाले १ सय २६ रन र ४ विकेट लिईसकेका छन् ।

यता उक्त खेलमा जडेजानै सुपर स्टाइकर अफ द म्याच घोषित हुँदा शेन वाट्सन लेट्स क्यार्क इट्स सिक्सेज प्राप्त गरेका थिए । यस्तै साम कुरान पावर प्लेयर अफ द म्याच चयन भए भने केन विलियमसन गेम चेन्जर अफ द म्याच घोषित भएका थिए ।

यता हैदराबादमाथि सहज जित हासिल गरेको जडेजाको टिम चेन्नई ८ खेलबाट ६ अंकसहित अंकतालिकाको छ्ठौं स्थानमा उक्लिएको छ । भने पराजित हुन् पुगेको हैदराबाद पनि ६ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

अब प्रतियोगिता अन्तर्गत आज बुधबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्