दिल्लीलाई फेरी अर्को धक्का : ईशान्त पनि आईपीएलबाट बाहिर
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा राम्रो लयमा देखिएको दिल्ली क्यापिटल्सका लागि अर्को फेरी धक्का लागेको छ ।
लिग चरणको करिब मध्य तिर आएको अवस्थामा दिल्लीले अनुभवी तीब्र गतिका बलर ईशान्त शर्मालाई गुमाउने भएको छ ।
केही दिनअघि अभ्यासका क्रममा उनले अत्याधिक दुखाईको अनुभव गरेका थिए । त्यसपछि उनको जाँच भएको थियो ।
त्यस क्रममा उनमा मांसपेशी च्यातिएको पाईएपछि उनले दुभाग्यपूर्ण आईपीएल गुमाउने भएका हुन् ।
उनले आईपीएलमा मात्र १ खेल खेले । उनि सनराइजर्स हैदराबादविरुद्धको खेलमा मैदानमा उत्रिएका थिए ।
यसअधि दिल्लीले चोटकै कारण अर्का अनुभबी लेग स्पिनर अमित मिस्रालाई गुमाएको थियो । यसबीचमा शर्मा बाहिरिएका छन् ।
प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ युएई पुगेको दिल्लीलाई चोटले सताईरहेको छ । यसबीचमा विकेट किपर ब्याट्सम्यान रिषभ पन्त पनि चोटिल हुन् पुग्दा अझै केही खेलहरु गुमाउने छन् ।
इशान्त बाहिरिएपछि उनको स्थानमा हर्षल पटेललाई स्थान दिईएको छ ।
यता हालसम्म ७ खेल खेलेको दिल्ली ५ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।