onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कोलकतामाथि सानदार जितमा एबी डि भिलियर्स प्लेयर अफ द म्याच घोषित

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरका भरपर्दा ब्याट्सम्यान एबी डि भिलियर्स प्लेयर अफ द म्याच घोषित भएका छन् ।

सोमबार राति भएको खेलमा बेंगलोरले कोलकता नाइट राइडर्समाथि फराकिलो अन्तरले पराजित गर्ने क्रममा उनले आक्रमक शैलीमा प्रस्तुत सानदार ब्याटिङ गरेका थिए ।

शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा एबी डि भिलियर्सले सर्वाधिक ठूलो पारी खेलेका थिए । ३३ बलको सामना गरेका उनले ५ चौका र ६ छ्क्कासहित अविजित रहदै ७३ रन बनाएका थिए ।

यस्तै अर्कोतर्फबाट एबी डि भिलियर्सलाई साथ दिएका विराट कोहलीले पनि अविजित रहदै ३३ रन जोड्दा देवदत्तले ३३ र आरोन फिन्चले ४७ रनको योगदान गरेका थिए ।

त्यसपछि बेंगलोरले प्रस्तुत गरेको बलियो लक्ष्यलाई पछ्याएको कोलकता १ सय १२ रनमै सिमित हुन पुग्दा खेल बेंगलोरले ८२ रनले जितेको थियो ।

यस्तै उक्त खेलमा एबी डि भिलियर्सले लेट्स क्यार्क इट्स सिक्सेस , सुपर स्टाइकर अफ द म्याच र गेम चेन्जर अफ द म्याच पनि जितेका थिए । यस्तै नभदेव शैनी पावर प्लेयर अफ द म्याच घोषित भएका थिए ।

यता कोलकतामाथि सानदार जित निकाल्दै बेंगलोर १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । भने ८ अंकसहित कोलकता चौथों स्थानमा रहेको छ ।