आईपीएलमा आज कोलकता र बेंगलोर आमने- सामने हुँदै
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा आज कोलकता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बेंगलोर आमने – सामने हुँदै छन् ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुनेछ । जारी प्रतियोगितामा ६/६ खेल खेलेका कोलकता र बेंगलोरको अंकतालिकामा पनि समान ६/६ अंक रहेको छ ।
दुबै टोलीले अहिलेसम्म ४ खेल जित्दा २ खेल गुमाएका छन् । र ६ अंकसहित कोलकता र बेंगलोर अहिले अंकतालिकामा क्रमशः तेस्रो र चौथों स्थानमा रहेका छन् ।
यसरी हेर्दा आजको यो खेल पनि निकै प्रतिष्पर्दात्मक हुने देखिन्छ । दुबै टिम प्रतियोगितामा पाँचौ जितको खोजिमा हुनेछन् । तर पछिल्लो केहि खेलमा जसरी बेंगलोरका कप्तान विराट कोहलीले ब्याटिङ गरिरहेका छन् त्यसलाई हेर्ने हो भने कोलकताले विराटका बारेमा छुट्टै रणनिति बनाउँन जरुरी देखिन्छ ।
यता महँगा खेलाडीका रुपमा रहेका कोलकताका प्याट कमिन्समाथि पनि आज सबैको नजर जाने छ जारी प्रतियोगितामा उनको त्यति राम्रो प्रदर्शन हुन् सकिरहेको छैन् ।