onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्विन्टन प्लेयर अफ द म्याच घोषित

एजेन्सी । मुम्बई इन्डियन्सका ओपनर तथा विकेट किपर ब्याट्सम्यान क्विन्टन डी कक प्लेयर अफ द म्याच घोषित भएका छन् ।

आईतबार राति भएको खेलमा मुम्बईले रोमान्चक बनेको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दा क्विन्टनले राम्रो ब्याटिङ गरेका थिए ।

दोस्रो विकेटका रुपमा आउट हुन् पुगेपनि उनले टिमको सुरुवाती पारीलाई सम्हाल्दै अगाडी बढेका थिए । त्यसबीचमा उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छ्क्कासहित ५३ रनको योगदान गर्न सफल भए ।

जुन उनको पारीले अन्ततः मुम्बईलाई प्रतियोगितामा पाँचौ जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

उनि ९.५ ओभरमा टिमको स्कोर ७७ रन हुँदा रबिचन्द्रन आश्विनको बलमा पृथ्वी शाको हातबाट क्याच आउट हुँदै पभेलियन फर्किएका थिए ।

यस्तै उनि उक्त खेलमा प्लेयर अफ द म्याचसहित लेट्स क्रयार्क इट्स सिक्सेस पनि घोषित भएका थिए । यस्तै इशान किशन सुपर स्टाइकर अफ द म्याच र शिखर धवन गेम चेन्जर अफ द म्याच घोषित भएका थिए ।

यता जारी प्रतियोगितामा पनि क्विन्टन डी ककको प्रदर्शन राम्रैनै हुँदै आएको छ । टिमले खेलेको सबै खेलमा खेलेका उनले अहिलेसम्म १ सय ९१ रन बनाईसकेका छन् । जसमा दुई अर्धशतक पनि सामेल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्