मनमोहन क्रिकेट सेन्टर प्रदेश १ ले प्रादेशिक टोली र महिला खेलाडीको कोरोना बीमा गरिदिने
काठमाडौं (अनलाइन खेल खबर ) । मनमोहन क्रिकेट सेन्टर प्रदेश नम्बर १ ले प्रदेश १ को प्रादेशिक टोली तथा दक्षिण एसियायी खेलकुद (साग ) अन्तर्गत बन्द प्रशिक्षण सम्म परेका महिला खेलाडीको बीमा गरि दिने भएको छ ।
आईतबार सेन्टरले सेन्टरकै आयोजनामा सुनसरीको इनरुवामा भएको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको प्रदेशको टोली र अघिल्लो वर्ष मंसिरमा नेपालमा भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद(साग ) अन्तर्गत महिला टोलीको बन्द प्रशिक्षणसम्म परेका खेलाडीहरुको कोरोना बीमा गरि दिने सेन्टरले बताएको छ ।
सेन्टरका अध्यक्ष विप्लव घोषका अनुसार प्रादेशिक टोली भित्र रहेका १४ जना र अन्य महिला खेलाडीको बीमा गर्नेका लागि मनमोहन क्रिकेट सेन्टर प्रदेश १ ले प्रक्रिया बढाईसकेको र अब चाडैंनै यी सबै खेलाडीको बीमा हुनेछ ।
प्रदेश १ ले पछिल्लो पटक खेलेको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पुष्प थापाले टिमको नेतृत्व गरेका थिए । उनिसँगै टिममा मिनास थापा , फिर्दोस अन्सारी , अंकित सुवेदी , मुकुन्द यादव , दिपेश कडेल लगायतका खेलाडीहरुले खेलेका थिए ।