onlinekhelkhabar.com

Complete website for Nepali Sports News

राहुल र रियानको सानदार ब्याटिङमा राजस्थानको रोमान्चक जित

एजेन्सी । अत्यमा राहुल तेवाटिया र रियान परागले उत्कृष्ट ब्याटिङ गरेपछि राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा तेस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले आईतबार दिनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ ।

खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको राजस्थानले उक्त चुनौतीलाई मात्र एक बल बाँकी छ्दा ५ विकेट विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई प्रतियोगितामा तेस्रो जित दिलाउने क्रममा उसका लागि राहुल तेवाटिया र रियान परागले उत्कृष्ट ब्याटिङ गरे । एक समय राजस्थानको हातबाट गईसकेको जस्तो लाग्ने खेलमा टिमलाई जिताउन यी दुईको प्रदर्शन अदभुत रह्यो ।अविजित रहेका राहुल र रियानले क्रमश: ४५ र ४२ रन बनाए ।

त्यसअघि राजस्थानका लागि सन्जु सामसनले २६ तथा रोबिन उथप्पाले १८ रन बनाएका थिए । भने ओपनरद्वय बेन स्टोक्स र जोस बटलर क्रमश: ५ र १६ रनमा आउट हुँदा कप्तान स्मिथले पनि ठूलो पारी खेल्न सकेनन् । रन आउट हुन् पुगेका उनले मात्र ५ रन बनाए ।

बलिङतर्फ हैदराबादका खलिल अहमद र राशिद खानले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादले यो स्कोर बनाउने क्रममा उसका लागि मनिष पाण्डेले सर्वाधिक ठूलो पारी खेलेका थिए । ४४ बलको सामना गरेका उनले २ चौका र ३ छक्कासहित ५४ रन बनाएका थिए ।

त्यसअघि टिमका लागि जोनी बेयरस्टोले १६ रन बनाए । ४.४ ओभरमा टिमको स्कोर २३ रन हुँदा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका उनले उक्त रन बनाउने क्रममा १९ बलको सामना गर्दै १ छक्का समेत प्रहार गरे । उनि कार्तिक त्यागिको बलमा आउट हुन् पुगेका थिए ।

बेयरस्टो आउट भएपछि राम्रो ब्याटिङ गरिरहेका डेविट वार्नर जोर्फ्रा आर्चरको बलमा आउट हुन् पुगे ।

१४.४ ओभरमा टिमको स्कोर ९६ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका उनले त्यस क्रममा ३८ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित ४८ रन बनाए ।

यस्तै टिमका लागि प्रियम गर्गले १५ तथा केन विलियमसनले अविजित रहदै २२ रन थपेका थिए ।

बलिङतर्फ राजस्थानका जयदेव , कार्तिक र जोफ्राले समान १/१ विकेट लिएका थिए।

यो जितसँगै ७ खेल खेलेको राजस्थानले ३ मा जित र ४ मा हार ब्यहोर्दै ६ अंकसहित अंकतालिकाको छ्ठौं स्थानमा उक्लिएको छ । भने पराजित हुन् पुगेको हैदराबाद ७ खेलबाट ४ मा हार र ३ मा जित निकाल्दै ६ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।