onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीपद्वारा घोषित सहयोग रकम टियुका मैदान कर्मचारीलाई हस्तान्तरण

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले कीर्तिपुरस्थित नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियु मैदानमा कार्यरत मैदान कर्मचारीलाई १ लाख सहयोग गरेका छन् ।

हाल इन्डियन प्रिमियर लिग (आईपीएल ) का लागि युएईमा रहेका सन्दीपले सहयोग रकम उनका ब्यबस्थापक रमन सिवाकोटीमार्फत हस्तान्तरण गरेका थिए ।

सन्दीपले साउन महिनामा क्यारेबियन प्रिमियर लिग (सिपीएल ) खेल्न जानुअघि मैदान कर्मचारीका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यसपछि उनि सिपीएल खेल्न वेस्ट इन्डिजतर्फ लागेका थिए । जसमा सिपीएलमा उनले राम्रो प्रदर्शन पनि गर्न सफल भए ।

सिपीएल पछि उनि उत्तैबाट युएई प्रस्थान गरेका थिए । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले नयाँ सिजनमा खेल्ने अवसर अझै प्राप्त गरिसकेका छैनन् । तर टिमले भने राम्रो प्रदर्शन गरिरहेको छ ।