onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वुमेन्स टि- ट्वान्टी च्यालेन्जको खेल तालिका सार्वजनिक : थाईल्यान्डकी नट्टकान पहिलो पटक छ्नोट

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को दौरान आयोजित हुने वुमेन्स टि- ट्वान्टी च्यालेन्जको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बिसीसीआई ) ले आईतबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता नोभेम्बर ४ देखि ९ तारिखसम्म हुने भएको छ ।

प्रतियोगिता यसअघिझै तीन टिमहरुले सहभागी जनाउने छन् । जसमा हर्मनप्रित कौरको कप्तानीमा रहेको सुपरनोवा , मिताली राजको कप्तानीमा रहेको वेलोसिटी र स्मृति मन्धानाको कप्तानीमा रहेको ट्रेलब्लेजर्सले सहभागी जनाउने छन् ।

अघिल्लो वर्ष देखि सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणमा वेलोसिटीलाई ४ विकेटले पराजित गर्दै सुपरनोवाले उपाधि उचालेको थियो ।

यता यस संस्करणको वुमेन्स टि- ट्वान्टी च्यालेन्जमा इंग्ल्यान्ड , श्रीलंका , दक्षिण अफ्रिका , वेस्ट इन्डिज ,बंगलादेश , न्युजिल्यान्ड र थाइल्यान्डका खेलाडीहरुको पनि उपस्थिति रहने छ ।

यसमध्य एसोसियट राष्ट्र थाइल्यान्डबाट पहिलो पटक नट्टकान चंतमले स्थान बनाउन सफल भएकी छिन् । उनि ट्रेलब्लेजर्समा आवद्ध भएकी छिन् ।

केहि महिना अघि मार्चमा अष्ट्रेलियामा सम्पन्न भएको आईसीसी टि- ट्वान्टी महिला विश्वकपमा थाईल्यान्ड पहिलो पटक सहभागी जनाएको थियो ।

जसमा यिनै नट्टकान चंतमले राम्रो प्रभाव छोड्न सफल भएकी थिइन् । विश्वकप भरी राम्रो प्रदर्शन गरेकी यिनले पाकिस्तानविरुद्धको खेलमा अर्धशतक प्रहार पनि गरेकी थिइन् ।

थाईल्यान्डबाट विश्वकपमा पहिलो अर्धशतक बनाउने खेलाडी बनेकी यिनले ५० बलको सामना गर्दै १० चौकासहित ५६ रन बनाएकी थिइन् ।

यता वुमेन्स टि- ट्वान्टी च्यालेन्ज अन्तर्गत पहिलो खेलमा सुपरनोवाले वेलोसिटीको सामना गर्नेछ । त्यसपछि नोभेम्बर ५ तारिखमा हुने दोस्रो खेलमा वेलोसिटीले ट्रेलब्लेजर्सको सामना गर्नेछ । भने ७ तारिखमा ट्रेलब्लेजर्सले सुपरनोवाको सामना गर्नेछ ।

फाइल फोटो

यसरी लिगका खेलपछि दुई शिर्ष टोली ९ तारिखमा फाइनल खेल्नेछन् ।

सुपरनोवा टोली : हरमनप्रीत कौर , जेमिम्ह रोड्रिग्स , चमारी अथपथथु, प्रिया पुनिया, अनुजा पाटिल, राधा यादव, तानिया भाटिया (डब्ल्यूके), शशिकला सिरीवर्डेन, पूनम यादव, शकेरा सेल्मान, अरुंधती रेड्डी, पूजा वासव, आयुशी सोनी र मुस्कान मलिक

ट्रेलब्लेजर्स टोली : स्मृति मंधाना , दीप्ति शर्मा , पुनम राउत, रिचा घोष, डी। हेमलथा, नुजहत परविन (डब्ल्यूके), राजेश्वरी गायकवाड, हर्लेन देओल, झुलन गोस्वामी, सिमरन दिल बहादुर, सलमा खातुन, सोफी एक्क्लस्टोन, नत्थन चान्थम, डान्ड्रा डोट्टिन र काश्वी गौतम

वेलोसिटी टोली : मिताली राज, वेदा कृष्णमूर्ति, सफाली वर्मा, सुषमा वर्मा (डब्ल्यूके), एकता बिष्ट, मानसी जोशी, शिखा पाण्डे, देविका वैद्य, सुश्री दिव्यदर्शिनी, मनाली दक्षिणी, लेह कास्परेक, डेनियल व्याट, सुनु लुउस, जहानारा आलमर र अनघा।

प्रतिक्रिया दिनुहोस्