विराटलाई ४ लाख प्राप्त
एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले चेन्नई सुपर किंग्समाथि सानदार ब्याटिङ गरेसँगै उनले अवार्डस्वरुप ४ लाख भारतीय रुपिए प्राप्त गरेका छन् ।
उनले उक्त खेलबाट प्लेयर अफ द म्याच , गेम चेन्जर अफ द म्याच , सुपर स्टाइकर अफ द म्याच र लेट्स क्यार्क इट्स सिक्सेस अवार्ड प्राप्त गरे । सबै अवार्डको राशी १/१ लाख रहेको छ । यस्तै पावर प्लेयर अफ द म्याच पनि बेंगलोरकै वासिङटन सुन्दर घोशीत भएका थिए ।
शनिबार भएको दिनको दोस्रो खेलमा चेन्नई सुपर किंग्समाथि बेंगलोरले ३७ रनले जित आत्मसाथ गर्दा कोहलीले कप्तानी पारी खेलेका थिए ।
जारी प्रतियोगितामा सुरुवाती तीन खेलमा सस्तैमा आउट भएपछि ब्यापक आलोचना हुँदै गर्दा पछिल्ला खेलमा भने विराटको ब्याट चल्न थालेको छ ।
त्यसले गर्दा अहिले उनका समर्थकहरुलाई पनि राहत दिएको छ । विराटले पहिलो खेलमा सनराइजर्स हैदराबादविरुद्ध १४ रन , दोस्रो खेलमा किंग्स इलाभेनविरुद्ध १ रन र तेस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्ध ३ रन बनाएका थिए ।
त्यसपछि भने विराट लयमा देखिएका छन् । उनले चौथों खेलमा राजस्थान रोयल्सविरुद्ध अविजित रहदै ७२ रन बनाएका थिए भने पाँचौ खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पनि ४३ रनको योगदान टिमलाई गरेका थिए ।
जुन लय उनले गएराति भएको खेलमा पनि दोराए । बेंगलोरको जितमा उनको पारीले ठूलो भूमिका निर्वाह गरेको थियो ।
अविजित रहेका उनले ५२ बलको सामना गर्दै ४ चौका र ४ छ्क्कासहित ९० रन बनाएका थिए ।
यता दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बेंगलोरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
त्यसपछि १ सय ७० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेलेपनि ८ विकेट गुमाएर १ सय ३२ रनमा सिमित हुन् पुगेपछि खेल बेंगलोरले आफ्नो पक्षमा पारेको थियो ।