onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराटको उत्कृष्ट ब्याटिङमा बेंगलोरको चौथों जित

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा चौथों जित दर्ता गरेको छ ।

प्रतियोगितामा चौथों जित हासिल गर्ने क्रममा शनिबार राति भएको खेलमा बेंगलोरले गत संस्करणको उप – विजेता चेन्नई सुपर किंग्सलाई ३७ रनले निराश बनायो ।

यो जितसँगै ६ खेल खेलेको बेंगलोरले ४ मा जित र २ मा हार ब्यहोर्दै अंकतालिकामा ८ अंक सहित चौथों स्थानमा रहेको छ । भने बेंगलोरसँग पराजित हुन् पुगेको चेन्नईको यो पाँचौ हार हो । हालसम्म ७ खेल खेलिसकेको चेन्नईले मात्र २ खेलमा जित हासिल गर्दै अंकतालिकामा ४ अंक जोडेको छ । र अंकतालिकाको छठौ स्थानमा रहेको छ ।

यता खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ७० रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेलेपनि ८ विकेट गुमाएर १ सय ३२ रनमा सिमीत हुन् पुगेपछि खेलको नतिजा बेंगलोरले आफ्नो पक्षमा पारेको थियो ।

बलियो लक्ष्यलाई पछ्याएको भएपनि चेन्नई सुरुवातवाटै मध्यम लयको रणनीतिमा प्रस्तुत भईरहेको थियो ।

त्यसबीचमा ओपनरद्वय शेन वाटसन र फाफ डु प्लेसिस सस्तैमा पभेलियन फर्किएपछि चेन्नईले दबाब महसुस गर्न थालिसकेको थियो ।
जसमा वाट्सनले १४ तथा डु प्लेसिसले १४ रन मात्र जोडे ।

त्यसपछि चेन्नईको पारीलाई अंबाती रायुडू र एन जगदेसनले अगाडी बढाएका थिए । यी दुईले भने टिमका लागि राहत दिने खालको ब्याटिङ गरे ।

जसको फलस्वरुप यी दुई बीच तेस्रो विकेटका लागि ६४ रनको साझेदारी हुन् पुगेको थियो । तर राम्रो ब्याटिङ गरिरहेका जगदेसन १४.२ ओभरमा टिमको स्कोर ८९ रन हुँदा ब्यक्तिगत ३३ रनमा आउट हुन् पुगे ।

उनि आउट भएपछि अंबाती रायुडूलाई साथ दिन आएका महेन्द्र सिंह धोनि पनि चल्न सकेनन् । उनले १० रन बनाए । त्यसपछि टिमले साम कुरानलाई शुन्य रनमा गुमाउँदा छ्ठौं विकेटका रुपमा चेन्नईले अंबाती रायुडूलाई गुमायो ।

४० बलको सामना गरेका उनले ४ चौकासहित ४२ रनको योगदान गरे । जुन इनिङकै सर्वाधिक ठूलो स्कोर हुन् पुग्यो ।

बलिङतर्फ बेंगलोरका तर्फबाट क्रिस मोरिस ३ तथा वाशिंगटन सुन्दरले २ विकेट लिएका थिए । भने ईसुरु उदाना र युजवेंद्र चहलले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बेंगलोरले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान विराट कोहलीले कप्तानी पारी खेले । इनिङकै सर्वाधिक ठूलो स्कोर बनाउने क्रममा उनले अविजित रहदै ५२ बलको सामना गर्दै ४ चौका र ४ छ्क्कासहित ९० रन बनाए ।

त्यसअघि भने टिमले तेस्रो ओभरको पाँचौ बलमा टिमको स्कोर १३ रन हुँदा भरपर्दा ओपनर ब्याट्सम्यान आरोन फिन्चलाई सस्तैमा गुमाएको थियो ।

दिपक चाहारको बलमा आउट हुनुअघि उनले ९ बलको सामना गर्दै मात्र २ रन बनाए । आरोन आउट भएपछि अर्का ओपनर देवदत्त पडिक्कलले विराट कोहलीलाई साथ दिएका थिए ।

यस बीचमा यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो । तर ११ औं ओभरको दोस्रो बलमा देवदत्त आउट हुन् पुगे ।

शार्दुल ठाकुरको बलमा क्याच आउट हुनुअघि उनले ३४ बलको सामना गर्दै २ चौका १ छ्क्कासहित ३३ रन बनाए ।

देवदत्त आउट भएपछि एबी डि भिलिअर्स शून्य रनमा आउट हुन् पुग्दा वाशिंगटन सुन्दरले १० रन जोडे । अत्यमा अविजित रहेका शिभम दुबेले पनि २२ रन थपेका थिए ।

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा दिपक चाहर र साम कुरानले समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्