onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पन्जावमाथि कोलकताको रोमाञ्चक जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा कोलकता नाइट राईडर्सले चौथों जित हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा चौथों जित हासिल गर्ने क्रममा कोलकताले शनिबार भएको दिनको पहिलो खेलमा किंग्स इलाभेन पन्जावलाई २ रनले पराजित गर्न सफल भयो ।
रोमान्चक बनेको खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई पछ्याएको पन्जाव २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रनमा सिमित हुन् पुगेपछि गुमिसकेको खेल कोलकताले आफ्नो पक्षमा पार्यो ।

खेलमा मध्यम लक्ष्यलाई पछ्याएको पन्जावले सुरुवातबाटै राम्रो ब्याटिङ प्रस्तुत गरेको थियो । उसका लागि ओपनरद्वय लोकेश राहुल र मंयाक अग्रवालले टिमलाई ठोस सुरुवात दिने क्रममा १ सय १५ रनको ओपनिङ साझेदारी गरेका थिए ।

१४.२ ओभरमा प्रशधि कृष्णको बलमा क्याच आउट हुनु अघि अग्रवालले ३९ बलको सामना गर्दै ६ चौक र १ छ्क्कासहित ५६ रन बनाएका थिए ।

मंयाक आउट भएपछि लोकेश राहुललाई साथ दिन निकोलस पूरन मैदानमा आएका थिए । तर उनि लामो समय टिक्न सकेनन् र त्यसबीचमा उनले १६ रन जोडे ।

त्यसपछि टिमले विकेट किपर सिमरन सिंहलाई पनि सस्तैमा गुमायो । उनले मात्र ४ रन जोडे । सिंह आउट भएपछि टिमका कप्तान समेत रहेका लोकेश राहुल ७४ रन बनाएर आउट हुन् पुगे । टिमलाई जितको धेरै नजिक पुर्याएका उनले उक्त रन बनाउने क्रममा ५८ बलको सामना गर्दै ६ चौका समेत प्रहार गरे ।

अत्यसम्म पुगेको खेलमा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे ।

बलिङतर्फ कोलकताका प्रशधि कृष्णले ३ तथा सुनिल नारायणले २ विकेट लिएका थिए ।

त्यसअघि शेख जायद रंगशाला आबुधावीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

टिमले मध्यम योगफल बनाउने क्रममा टिमका लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ठूलो पारी खेलेका थिए । यसअघिका खेलमा राम्रो गर्न नसकिरहेका कार्तिकले लामो समयपछि बल्ल राम्रो ब्याटिङ प्रस्तुत गरे ।

जस अन्तर्गत २९ बलको सामना गरेका उनले ८ चौका र २ छ्क्कासहित ५८ रन बनाए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान शुभमन गिलले अर्धशतकीय पारी खेले ।४७ बलको सामना गरेका उनले ५ चौकासहित ५७ रन बनाएका थिए ।
यी दुई बाहेक कोलकताका लागि इयोन मोर्गनले पनि २४ रन थपेका थिए ।

बलिङतर्फ पन्जावका रवि बिश्नोई, मोहम्मद शमी र अर्शदीप सिंहले समान १/१ विकेट हात पारेका थिए ।

यो जितसँगै ६ खेल खेलेको कोलकता ४ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै ८ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता कोलकतासँग पराजित हुन् पुगेको पन्जावको यो छ्ठौं हार हो । हालसम्म ७ खेल खेलेको पन्जावले एक खेलमा जित निकाल्दै २ अंकका साथ अंकतालिकाको पुछारमा रहेको छ ।