दिल्लीका अलराउन्डर आश्विन प्लेयर अफ द म्याच घोषित
एजेन्सी । दिल्ली क्यापिटल्सका बलिङ अलराउन्डर रविचन्द्रन आश्विन प्लेयर अफ द म्याच घोषित भएका छन् ।
शुक्रबार राति सम्पन्न प्रतियोगिताको २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दा आश्विनले महत्वपूर्ण दुई विकेट हात पारेका थिए ।
उनले राजस्थानका भरपर्दा ब्याट्सम्यान जोस बटलर र महिपाल लोमरोरलाई सस्तैमा पभेलियन फर्काईदिएका थिए । जसमा बटलरले १३ रन बनाउँदा महिपालले १ रन बनाएका थिए।
आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका आश्विनले २२ रन खर्चिएर उक्त विकेट हात पारेका थिए ।
यो सँगै जारी प्रतियोगितामा ४ खेल मात्र खेलेका उनले ७६ रन खर्चिएर ५ विकेट लिईसकेका छन् । र उनि अहिले सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा १७ औं स्थानमा रहेका छन् ।
यस्तै उक्त खेलमा लेट्स क्यार्क इट्स सिक्सेज शिमरोन हेटमेयर घोषित भए भने पावर प्ले अफ द म्याच राजस्थानका जोफ्रा आर्चर घोषित हुँदा पृथ्वी शा सुपर स्टाइकर अफ द म्याच चयन भएका थिए यस्तै मार्कस स्टोनिस गेम चेन्जर अफ द म्याच घोषित भएका थिए । यी सबैले समान १/१ लाख भारतीय रुपिए प्राप्त गरे ।
यता राजस्थानमाथि सानदार जित हासिल गरेपछि उनको टिम दिल्ली अहिले अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । हालसम्म प्रतियोगितामा ६ खेल खेलेको दिल्लीले ५ खेलमा जित र १ खेलमा हार व्यहोर्दै १० अंक जोड़िसकेको छ ।