onlinekhelkhabar.com

Complete website for Nepali Sports News

राजस्थानमाथि सानदार जित निकाल्दै दिल्ली फेरी शीर्ष स्थानमा

एजेन्सी । राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको प्रतियोगिताको २३ औं खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेसँगै दिल्ली आईपीएलको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानमा रहेको दिल्लीले अहिलेसम्म ६ खेल खेल्दै ५ खेलमा जित र १ मा हार ब्यहोर्दै अंकतालिकामा १० अंक जोडेको छ । भने दिल्लीसँग पराजित हुन् पुगेको राजस्थानले ६ खेल खेल्दै ४ मा हार र २ मा जित निकाल्दै अंकतालिकामा मात्र ४ अंक जोडेको छ ।

यता खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याएको राजस्थान १९.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३८ रनमा सिमित हुन् पुगेपछि दिल्लीलाई जारी प्रतियोगितामा पाँचौ जित हासिल गर्न प्रयाप्त बन्यो ।

खेलमा राजस्थानका लागि राहुल तेवतियाले सर्वाधिक ठूलो पारी खेलेका थिए । सर्वाधिक ठूलो पारी खेल्ने क्रममा उनले २९ बलको सामना गर्दै ३ चौका र २ छ्क्कासहित ३८ बनाए ।

यस्तै टिमका लागि कप्तान स्टीवन स्मिथले २४ तथा यशस्वि जैसवालले ३४ रन बनाए । यी बाहेक अन्य खेलाडीले भने सम्झनालायक प्रदर्शन गर्न नसक्दा राजस्थानले लगातार चौथों खेल पनि गुमायो ।

बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले ३ तथा रविचंद्रन आश्विन र मार्कस स्टोइनिसले समान २/२ विकेट लिएका थिए । भने अनिरिक नोर्त्जे , हर्षल पटेल र अक्षर पटेलले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

दिल्लीले विशाल योगफल खडा गर्ने क्रममा सुरुवात भने मध्यम गरेको थियो । जस अन्तर्गत १.३ ओभरमा टिमको स्कोर १२ रन हुँदा ओपनर शिखर धवनलाई दिल्लीले व्यक्तिगत ५ रनमा गुमाएको थियो ।

मात्र ४ बलको मात्र सामना गरेका उनले जोफ्रा आर्चरको बलमा आउट हुनुअघि १ चौका समेत प्रहार गरेका थिए । शिखर सस्तैमा आउट भएपछि पृथ्वी शालाई साथ दिन टिमका कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए । यसबीचमा पृथ्वी दोस्रो विकेटका रुपमा आउट हुन् पुगे ।

४.२ ओभरमा टिमको स्कोर ४२ रन हुँदा जोफ्रा आर्चरकै बलमा आउट हुन् पुगेका पृथ्वीले १० बलको सामना गर्दै २ चौका र १ छक्कासहित १९ रन जोडे ।
त्यसपछि कप्तान श्रेयस अय्यरले पनि ठूलो पारी खेल्न सकेनन् । ५.५ ओभरमा टिमको स्कोर ५० रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका उनले १८ बलको सामना गर्दै ४ चौकासहित मात्र २२ रन बनाए ।

कप्तान श्रेयस अय्यर आउट भएपछि टिमका भरपर्दा खेलाडी ऋषभ पन्त पनि ५ रन बनाएर आउट भएपछि दिल्ली केहि दबाबमा आएको थियो ।
तर यसबीचमा मार्कस स्टोइनिस,र शिमरोन हेटमायरले दिल्लीको पारीलाई उकास्न ठूलो भूमिका निर्वाह गरे ।

जसमा मार्कस स्टोइनिसले ३९ रन बनाए भने शिमरोन हेटमायरले पनि ४५ रन जोडे । इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा शिमरोनले २४ बलको सामना गर्दै १ चौका र ५ छक्कासहित उक्त रन बनाएका थिए ।

यस्तै दिल्लीका लागि अत्यमा ,हर्षल पटेल १६ र अक्षर पटेलले १७ रन जोडेपछि दिल्ली त्यो विशाल योगफलतर्फ पुग्न सफल भएको थियो ।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ तथा राहुल तेवतिया , एन्ड्र्यू टाय र कार्तिक त्यागीले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगितामा शनिबार दुई खेल हुनेछ ।जसमा पहिलो खेलमा किंग्स इलाभेन पन्जावले कोलकता नाइट राईडर्सको सामना गर्नेछ । यो खेल आबुधाबीस्थित शेख जायद रंगशालामा दिउँसो पौने ४ बजेपछि सुरु हुनेछ ।

यस्तै दिनको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।