onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

राजस्थानविरुद्ध दिल्लीले सुरुमा ब्याटिङ गर्ने

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो छ्टौं खेलमा दिल्ली क्यापिटल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट रंगशालामा भर्खरै भएको टसमा टस जितेर राजस्थानले दिल्लीलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

जारी प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलिसकेको दिल्ली ४ खेलमा जित र १ मा हार ब्यहोर्दै ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा किंग्स इलाभेन पन्जावलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने दिल्ली हैदराबादसँग १५ रनले पराजित हुन् पुगेको थियो । त्यसपछि भने दिल्लीले क्रमशः कोलकतालाई १८ रनले र बेंगलोरलाई ५९ रनले पराजित गरेको छ ।

यता अहिले दिल्लीको सामना गर्न लागेको राजस्थान तेस्रो जितको खोजीमा रहने छ । प्रतियोगितामा हालसम्म ५ खेल खेलेको राजस्थान २ खेलमा जित र ३ मा हार ब्यहोर्दै ४ अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ ।

प्रतियोगितामा सुरुवाती दुई खेल जित्दै हौसिएको राजस्थान त्यसपछि भने लगातार तीन खेलमा पराजित हुन् पुगेको छ ।

राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रो खेलमा पन्जावलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यसपछि भने राजस्थानले जित निकाल्न सकिरहेको छैन । यसबीचमा राजस्थान तेस्रो खेलमा कोलकतासँग ३७ रनले , चौथोंमा बेंगलोरसँग ८ विकेटले र मुम्बईसँग ५७ रनले पराजित हुन् पुगेको थियो ।

यसरी प्रतियोगितामा रहिरहन पनि आजको खेल राजस्थानलाई निकै महत्वपूर्ण रहेको छ । ब्याटिङ राम्रो मानिने राजस्थानको पछिल्ला केहि खेलमा त्यो देख्न पाईएको छैन । फिनिसिङ कमजोर बनेको छ ।

तर राम्रो लयमा देखिएको दिल्लीसँग खेल्न राजस्थानका लागि भने आफैमा चुनौतीपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्