onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टिम पुछारमा कप्तान लोकेश राहुल शीर्ष स्थानमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा किंग्स इलाभेन पन्जावका कप्तान लोकेश राहुलले राम्रो प्रदर्शन गरिरहेका छन् ।

फलस्वरुप उनि हालसम्म सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका छन् । हालसम्म ६ खेल खेलेको पन्जावका लागि उनले ३ सय १३ रन बनाईसकेका छन् ।लोकेशले उक्त रन बनाउने क्रममा २ अर्धशतक र १ शतक पनि प्रहार गरेका थिए ।

टिमका लागि ओपनिङ गर्ने उनले उक्त रन बनाउने क्रममा पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध २१ रन तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ३२ रनको पारी खेलेका थिए ।

सिजनमा पहिलो शतक प्रहार गर्ने क्रममा उनले ६९ बलको सामना गर्दै १४ चौका र ७ छ्क्कासहित अविजित रहदै उक्त रन बनाएका थिए । जून खेल पन्जावले ९७ रनले जितेको पनि थियो ।

यता लोकेशले आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्सविरुद्ध ६९ रन ,चौथोंमा मुम्बई इन्डियन्सविरुद्ध १७ रन ,पाँचौमा चेन्नई सुपर किंग्सविरुद्ध ६३ रन र अघिल्लो हैदराबादसँगको खेलमा उनले ११ रन बनाएका थिए ।

यसरी लोकेशले जारी प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहदा टिमले भने सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन ।

प्रतियोगिताका सुरुवाती खेलमा राम्रो सङ्केत गरेको भएपनि पन्जाव पछिल्लो समय सम्म आईपुग्दा सिजनकै सर्वाधिक कमजोर टिमको रुपमा देखिएको छ ।

हालसम्म खेलको ६ खेल मध्य पन्जावले मात्र १ खेल जितेको थियो । पन्जावले एक जित हासिल गर्ने क्रममा आफ्नो दोस्रो खेलमा बेंगलोरमाथि ९७ रनले जित आत्मसाथ गरेको थियो । र अहिले पन्जाव २ अंकका साथ अंकतालिकाको पुछारमा रहेको छ ।

यता सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा चेन्नई सुपर किंग्सका फाफ डु प्लेसी रहेका छन् । लोकेशलाई पछ्याईरहेका उनले २ सय ९९ रन बनाएका छन् ।

भने तेस्रो स्थानमा २ सय ८१ रन सहित पन्जावकै मंयाक अग्रवाल रहेका छन् । चौथोंमा २ सय ४१ रनसहित हैदराबादका जोनी बेयरस्टो र पाँचौ स्थानमा २ सय २७ रन सहित हैदराबादका डेविट वार्नर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्