जोनी बेयरस्टो प्लेयर अफ द म्याच घोषित
एजेन्सी । सनराइजर्स हैदराबादका ओपनर ब्याट्सम्यान जोनी बेयरस्टो प्लेयर अफ द म्याच घोषित भएका छन् ।
बिहिबार भएको प्रतियोगिताको आफ्नो छ्ठौं खेलमा किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा सानदार ब्याटिङ गरेका उनले उक्त अवार्ड प्राप्त गरेका हुन् ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको हैदराबादलाई तेस्रो जित दिलाउने क्रममा उनले ९७ रनको योगदान गरेका थिए ।
करियरकै दोस्रो शतक नजिक पुगेर सफल नभएपनि उनको प्रदर्शनले गर्दा हैदराबादले पन्जावमाथि फराकिलो अन्तरले पराजित गर्न सफल भयो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।
जसमा कप्तान तथा ओपनर डेविट वार्नर र जोनी बेयरस्टोले सानदार प्रदर्शन गर्दै १ सय ६० रनको ओपनिङ साझेदारी गरेका थिए । जसमा वार्नरले पनि अर्धशतकीय ५२ रन बनाउँदा ५५ बलको सामना गर्दै ७ चौका र ६ छ्क्कासहित जोनी बेयरस्टोले उक्त रन बनाएका थिए ।
खेलमा त्यसपछि जवाफी ब्याटिङ गरेको पन्जाव १६.५ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमा सिमित हुन् पुगेको थियो । उसका लागि निकोलस पुरनले सर्वाधिक ७७ रनको योगदान गरेका थिए ।
यता जारी प्रतियोगितामा जोनी बेयरस्टोको प्रदर्शन पनि तारिफयोग्यनै हुँदै आएको छ । हैदराबादले खेलेको सबै खेलमा खेलेका उनले अहिलेसम्म २ सय ४१ रन बनाईसकेका छन् र सर्वाधिक धेरै रन बनाउने खेलाडीको सूचीमा चौथों स्थानमा रहेका छन् ।